+

जीवन रहँदै पनि सम्भव छ अङ्ग दान

अङ्ग दान एक महान कार्य हो, जसले अरुलाई नयाँ जीवन दिन्छ ।

अङ्ग दान मृत्यु पछि मात्र जरुरी हुँदैन । कुनै अंग यस्तो हुन्छन् जसलाई सास रहेकै बेला दान गर्न सकिन्छ ।

Advertisement

मिर्गौला

हरेक व्यक्तिको दुईवटा मिर्गौला हुन्छ । एउटा मिर्गौलाबाट पनि व्यक्ति स्वस्थ भई जीवनयापन गर्न सक्छ । त्यसैले, परिवार वा आफन्तजनलाई मिर्गौला आवश्यक परेमा दिने बारे एकपटक सोच्न सकिन्छ ।

कलेजो

कालेजोको भाग पनि दान गर्न सकिन्छ । किनकी, यसको थोरै भाग दान गरे पनि बाँकी भाग पुन: पलाएर आउने क्षमता कलेजोको हुन्छ ।

अग्नाशय

शरीरको लागि आवश्यक इन्सुलिन पनि अग्नाशयले उत्पादन गर्छ । यो भाग पनि दान गर्न सकिन्छ ।

फोक्सो

फोक्सोको एक भाग पनि दान गर्न सकिन्छ । तर, यो प्रक्रिया निकै जटिल छ ।

आन्द्रा

आवश्यक पर्दा सानो आन्द्राको एक भाग पनि दान गर्न सकिन्छ ।

बोन म्यारो

बोन म्यारो पनि दान गर्न सकिन्छ । यो दान गरेको एक सातामा पुन: पलाउँछ ।

रगत र प्लेटलेट्स

यो सबैभन्दा सामान्य र आसन प्रक्रिया हो ।