
चिनी वा चिनीजन्य खानेकुरा खाएपछि शरीरमा के हुन्छ ?
चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । अत्यधिक सेवनले मोटोपन, मधुमेह जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्छन् ।

चटक्कै चिनी छाड्दा के हुन्छ ?
चटक्कै छाड्दा शरीरमा सूक्ष्म पोषक तत्त्वको कमी हुन सक्छ । हर्मोनहरु असन्तुलित हुन सक्छ, त्यसैले चटक्कै छोड्नुभन्दा बिस्तारै घटाउँदै लैजानुपर्छ ।
Advertisement

तर, कार्बोहाइड्रेट हामीले अन्य खानाको स्रोतबाट पनि प्राप्त गर्ने भएकाले कार्बोहाइड्रेटका लागि चिनी खाइरहनु पर्दैन । यसलाई एकदमै कम मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ ।

चिनीमा उच्च क्यालोरी हुन्छ। यसलाई छोड्दा अनावश्यक क्यालोरी कम हुन्छ, जसले तौल घटाउन वा नियन्त्रण गर्न मद्दत गर्छ।