
करियर र पढाईको प्रेसर
आजभोलि कलिलै उमेरबाटै बच्चाहरूलाई करिअर र पढाइको धेरै ठूलो दबाब दिइन्छ, जसको कारणले ठूला हुँदै जाँदा यो दीर्घकालीन (क्रोनिक) तनावमा परिणत हुन्छ ।

सामाजिक सञ्जालको उल्झन
युवाहरूमा सामाजिक सञ्जालको लत एउटा रोगजस्तै बनेको छ । उनीहरू सामाजिक सञ्जालमा बढीभन्दा बढी खर्च गर्छन् । र, आफ्ना उपलब्धिहरूलाई अरूसँग तुलना गर्न थाल्छन् ।

डिजिटल ओभरलोड र निद्राको कमी
रातभर फोन चलाउने र पर्याप्त निद्रा नलिने बानीले दिमागलाई अत्यधिक थकाइ दिन्छ । यसको असरले दिमागको उत्पादक क्षमता घट्छ र तनाव बढाउने हर्मोनहरूमा वृद्धि हुन्छ।

आफूलाई प्रमाणित गर्ने होड
'म अरूभन्दा राम्रो छु' भन्ने कुरा साबित गर्ने क्रममा युवाहरू सधैं संघर्षमा लागिरहन्छन् । तर, उनीहरूले बुझ्दैनन् कि आफू अरूसँग होइन, आफैंसँगै राम्रो बन्नुपर्छ ।

भविष्यप्रतिको चिन्ता
आजभोलि भविष्यको चिन्ता हरेक युवाको जीवनको हिस्सा बनेको छ। वर्तमानमा रमाउनुभन्दा सधैं भविष्यको चिन्तामै हराइरहन्छन्, जसले गर्दा उनीहरूको रक्तचाप समेत बढ्छ ।

सम्बन्धमा जटिलता
पढाइ र करिअरको दबाबसँग जुधिरहेका किशोर–किशोरीहरू आजभोलि सानो उमेरमै प्रेम सम्बन्धमा पर्ने गर्छन् । तर, उनीहरूले सम्बन्धलाई सही रूपमा बुझ्न सक्दैनन् र यही सम्बन्ध नै तनावको कारण बन्न पुग्छ ।