+

जेन जी शब्द कसरी प्रचलनमा आयो ?

के हो 'जेन जी' ?

जेन जी सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका व्यक्तिहरूलाई बुझाउने जनसाङ्ख्यिक समूह हो । यो मिलेनियल्स (जेन वाई) पछिको र जेनेरेसन अल्फा अघिको पुस्ता हो ।

जेन जी शब्द कसरी आयो ?

जेन जी, जेनेरेसन जीको संक्षिप्त रूप हो, जसलाई 'जुमर्स' पनि भनिन्छ । जेन जी शब्द अंग्रेजी वर्णमालाको अन्तिम अक्षर 'Z' बाट आएको हो, जसले यो पुस्ता मिलेनियल्स (जेन वाई) पछिको हो भन्ने संकेत गर्छ।

Advertisement

नामकरणको प्रक्रिया

जेन जी शब्द सन् १९९० को दशकको अन्त्यतिर र २००० को दशकको सुरुमा प्रयोगमा आयो । यो शब्द समाजशास्त्रीहरूले सामाजिक, सांस्कृतिक र प्राविधिक परिवर्तनहरूको विश्लेषण गर्न प्रयोग गरे।

वैश्विक मान्यता

जेन जी शब्द पहिलो पटक पश्चिमी देशहरू (युरोप र अमेरिका) मा लोकप्रिय भयो, जहाँ पुस्ताहरूलाई उमेर समूहअनुसार वर्गीकरण गर्ने चलन सन् १९०० को दशकबाट सुरु भएको थियो। पछि यो अभ्यास विश्वव्यापी बन्यो।

'डिजिटल नेटिभ्स' जेन जी

जेन जीलाई डिजिटल नेटिभ्स भनिन्छ । किनभने उनीहरू जन्मेदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालको पहुँचमा हुर्किए । जुन उनीहरूको जीवनको अभिन्न अंग बनेका छन् । यी प्रविधिहरुको सहज पहुँचका कारण विश्वका गतिविधिसँग नजिक छन् ।

सामाजिक सञ्जालको प्रभाव

जेन जी पुस्ता सामाजिक सञ्जालको युगमा हुर्किएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक, र युट्युबजस्ता प्ल्याटफर्मले उनीहरूको जीवनशैली, सञ्चार र सूचना प्राप्त गर्ने तरिकालाई परिवर्तन गरेको छ।

यो पुस्ताको विशेषता

यो पुस्ता प्राविधिक रूपमा सक्षम, सामाजिक मुद्दाहरूमा जागरूक र रचनात्मक हुने मानिन्छ। उनीहरू छोटो र संक्षिप्त भाषा (जस्तै LOL, BRB ) प्रयोग गर्न रुचाउँछन् ।

जेन जी पुस्ता शैक्षिक प्रदर्शन र रोजगारीका अवसरहरूमा बढी चिन्तित हुन्छ । किनकि, अरुले गरेको प्रगति, उन्नति, रहनसहनबारे सामाजिक सञ्जालमा मिनेट मिनेटमा साझा हुने कारण अप्रत्यक्ष रुपमा उनीहरु प्रत्यक्षअप्रत्यक्षरुपमा एक किसिमको चिन्ता र दबाबमा पर्छन् ।

उदार मन

उदार मन भएका जेनजी अरूको पीडा बुझ्छन्, बाँड्छन् र सहयोग गर्न तत्पर हुन्छन् । उनीहरु पशुप्राणीको पीडा बुज्छन् । पर्यावरण र सामाजिक न्यायप्रति सचेत छन् ।

सहकार्य गर्ने बानी

जेनजीका लागि सहकार्य स्वाभाविक प्रक्रिया बनेको छ। उनीहरूले युट्युब, स्मार्टफोन र गेमिफिकेसनजस्ता प्रविधि प्रयोग गरेर सिर्जना गर्ने, बाँड्ने र सामूहिक रूपमा काम गर्ने प्रवृत्ति अपनाएका छन्। जीवन र कामबीचको सीमारेखा उनीहरूका लागि महत्वहीन भइसकेको छ ।

खुला सोच

उनीहरु खुल्ला सोच राख्छन् । विविधतालाई स्वीकार्छन । एलजिबिटिक्युआई समुदायको समर्थन गर्छन् । उनीहरुको हक हितको लागि बोल्ने गर्छन् ।

नेपालमा प्रभाव

नेपालमा जेन जी पुस्ताले सन् २०२५ मा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनहरूमा सक्रिय भूमिका खेले, जसले उनीहरूको राजनीतिक र सामाजिक चेतनालाई उजागर गर्‍यो ।