+

दशैं विशेष: आशीर्वादका श्लोक र तिनको अर्थ

दशैंमा टिका लगाउँदा श्लोकमार्फत दिइने आशिषको विशेष महत्व हुन्छ । पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक छन् ।

धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठाग्र भए पनि यसको अर्थ भने कमैलाई थाहा छ ।

Advertisement

पुरुषलाई आशीष दिँदा भनिने श्लोक –

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने। शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते। विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे

अर्थ

द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथको यश, राघवको शत्रुजय, नहुषको ऐश्वर्य, पवनको गति, दुर्योधनको मान, शान्तनभको शौर्य, बलरामको बल, युधिष्ठिरको सत्य, विदुरको विज्ञान र नारायणको कीर्ति प्राप्त होस्।

महिलालाई आशीष दिँदा भनिने श्लोक –

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते

अर्थ

यो श्लोक दशैंमा महिलालाई आशीर्वाद दिँदा विशेष छ, किनभने यसले देवीका शक्तिशाली रूपहरू (जयन्ति, काली, दुर्गा आदि) को प्रशंसा गर्दै कृपा, शान्ति, समृद्धि र शत्रु नाशको कामना गर्छ। महिलालाई शक्ति र सम्मानको प्रतीक मान्दै यो श्लोक प्रयोग गरिन्छ।