+

महिनावारी : के खाने ? के नखाने ?

महिनावारी पछि शरीर कमजोर र थकित महसुस हुन सक्छ। यस समयमा सही खाना खानाले ऊर्जा र स्वास्थ्य सुधार हुन्छ । खानपान मिलेन भने महिनावारी पीडा थप बढाउँछ । त्यसोभए, कस्तो खानपान गर्ने त ?

हरियो सागसब्जीमा

सागपात महिनावारी भएको बेला खानु उचित हुन्छ । हरियो सागसब्जीमा आइरन र म्याग्नेसियम हुन्छ, जसले रक्तअल्पता र मांसपेशी दुखाइ कम गर्छ ।

Advertisement

फलफूल

स्याउ, केरामा भिटामिन र फाइबरले ऊर्जा दिन्छ । जसले थकान अनुभव हुन दिंदैन । दुखाई पनि कम हुन्छ ।

ओखर/बदाम

स्वस्थ प्रोटिनयुक्त खानेकुरा ओखर/बदाम र म्याग्नेसियमले मूड सुधार्छ ।

दाल/गेडागुडी

दाल/गेडागुडीमा प्रोटिन र आइरनले कमजोरी हटाउँछ। दाल/गेडागुडीको रसले दुखाईमा राहत दिन्छ । शरीरलाई हाइड्रेट राख्छ ।

खान नहुने कुरा

महिनावारीमा केही खानेकुराले पीडा र असुविधा बढाउन सक्छ।

फास्ट फूड

फास्ट फूडमा हुने ट्रान्स फ्याट, अत्यधिक नुन र प्रशोधित तत्वले पाठेघरको दुखाइ बढाउँछ। शरीरमा अंग सुन्नाउने र हार्मोन असन्तुलन निम्त्याउँछ, जसले पाठेघरको मांसपेशी संकुचनलाई तीव्र बनाउँछ। र, रक्तसञ्चारमा पनि असर गरी पाठेघरको पीडा थप्छ।

अत्यधिक क्याफिन

कफी, चिया, एनर्जी ड्रिङ्क्सले पाठेघरको दुखाइ बढाउँछ किनभने यसले स्नायु प्रणालीलाई उत्तेजित पारी मांसपेशी संकुचनलाई तीव्र बनाउँछ। क्याफिनले रक्तनली खुम्च्याउँछ, जसले पाठेघरमा रक्तसञ्चार कम गरी दुखाइ बढाउँछ। साथै, तनाव हार्मोन (कोर्टिसोल) बढाएर मूड स्विङ र थकान निम्त्याउँछ।

मसालेदार खाना

अत्यधिक मसालेदार खानाले पाठेघरको दुखाइ बढाउँछ, किनभने यसले पेटमा पोल्न सक्छ। मसालामा हुने तत्व जस्तै खुर्सानीको पिरोले पाचन प्रणालीलाई उत्तेजित पारी पेट फुल्ने र ग्यासको समस्या बढाउँछ। यो दबाबले पाठेघरको मांसपेशीमा असर पार्छ, जसले संकुचन र दुखाइ तीव्र हुन्छ।