
भ्रम : दमका बिरामीले सामान्य जीवन बिताउन सक्दैनन् ।
दमका बिरामीले सामान्य जीवन जिउन सक्दैनन् भन्ने कुरा पूर्णतया गलत धारणा हो । बाल्यकालदेखि दमको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार औषधि र उपचार गरिरहने हो भने समस्या कम हुन्छ र सामान्य व्यक्तिको जस्तै जीवनयापन गर्न सहज हुन्छ ।

भ्रम : दमका बिरामीले व्यायाम गर्न सक्दैनन् ।
दमका बिरामीले आफ्नो अवस्था र रोगको जटिल अनुसार सामान्य व्यायाम गर्न सक्छन् । यद्यपि, दमको समस्या भएका व्यक्तिले धेरै गाह्रो खालको कसरत भने गर्नु हुँदैन । दैनिक व्यायाम गर्न थालेपछि व्यायाम गर्न सक्ने क्षमता बढ्दै गएर सामान्य हिंड्ने, योग, पौडी खेल्ने र साइकल चलाउने जस्ता व्यायाम गर्न सक्छन् ।

भ्रम : दमका बिरामीका लागि इन्हेलर भन्दा अन्य औषधि राम्रो हुन्छ ।
दमका बिरामीलाई राहत दिन धेरै औषधि र सिरप उपलब्ध छन्, तर श्वासप्रश्वास उपचारका लागि इनहेलर सबैभन्दा राम्रो उपचार हो । ट्याब्लेट वा सिरप औषधिको प्रयोग गर्दा यसको प्रभाव २५ देखि ३० मिनेट लाग्छ ।

भ्रम : दम एक घातक रोग हो ।
दम एक घातक रोग हो, यो आंशिक सत्य हो । दमबाट पीडित व्यक्तिले पर्याप्त मात्रामा अक्सिजन नपाउँदा समयसँगै उनीहरूको अवस्था बिग्रिन सक्छ । यसबाहेक दमका बिरामीले आवश्यकताभन्दा बढी औषधि सेवन गरेमा फोक्सोमा पनि असर हुनसक्छ ।

भ्रम : अस्थामा भएपछि बच्चा कमजोर हुन्छन्, फोक्सो बिग्रिन्छ, एन्टिबायोटिक नखाई ठीक हुँदैन
अस्थामा खासगरी स्वस्थ मानिस, अझ स्वस्थ बालबालिकामा देखिने समस्या हो । रोगसँग लड्ने क्षमता राम्रो हुनेहरुमा पनि देखिन्छ । राम्रोसँग उपचार गरे पूर्णरूपमा निको पार्न सकिन्छ । यो एलर्जीका कारण हुने हुँदा एन्टिबायोटिकको जरुरी पर्दैन ।