+

तिहारमा झिलिमिली बत्ती बाल्दा के ध्यान दिने ?

सुरक्षाको लागि जुत्ता चप्पल लगाउने

बत्तीहरु लगाउँदा जुत्ता चप्पल लगाउनुपर्छ । यसले बिजुलीको झट्का लाग्ने सम्भावना बढाउँछ ।

चिसो हातले नछुने

बलिरहेको बत्तीको लहरालाई चिसो हातले छुँदा यसले करेन्ट लाग्न सक्छ । पूरानो बत्तीहरु प्रयोग गर्दै हुन्हुन्छ भने कतै चुडिएको वा भित्रको तामा निस्किरहेको छ कि हेरेर मात्र बाल्नु उपयुक्त हुन्छ ।

Advertisement

काटिएको तारमा टेप लगाउने

काटिएको वा भाचिँएको तारलाई टेप राम्रोसँग लगाए त्यसबाट करेन्ट आउने वा हातमा घोच्ने हुँदैन ।

बत्ती लगाउँदा स्विच अफ गर्ने

बत्ती जडान गर्दा सधै मेन स्वीच बन्द गरेर मात्र गर्ने, यसो नगरेको खण्डमा करेन्ट लाग्ने सम्भावना प्रबल हुन्छ । झिलिमिली बत्ती जडान गर्दा दक्ष व्यक्तिबाट जडान गराउने । अग्ला भवन,अपार्टमेन्ट, टावरमा बत्ती जडान गर्दा सिडी, सु्रक्षा बेल्ट र हेल्मेट आदि प्रयोग गरेर मात्र गर्नु उचित हुन्छ ।

बच्चालाई वरवर नराख्ने

बच्चाको पहुँचबाट सकेसम्म बत्तीको माला र मल्टी पल्क टाढा राख्नुपर्छ । कतै पनि नाङ्गो तार नछोडने र स्वीच बक्स बच्चाहरुले नभेट्ने ठाउमा राख्नुपर्छ ।

बत्तीको छनौट

सस्तो पाइयो भन्दैमा कमसल खालको बत्ती खरिद नगर्नुहोस् । आइएसआई मार्क गरिएको बत्ती खरिद गर्न उचित हुन्छ । यसले बिजुलीको खपत पनि कम गर्छ ।

निरन्तर रुपमा लामो समयसम्म बत्ती बाली राख्नाले सर्ट सर्किटको समस्या हुन सक्छ त्यसैले बत्ती आवश्यकता बमोजिम प्रयोग गर्ने, राम्रोसँग चेकजाँच गरेर मात्र झिलिमिली बत्ती प्रयोग गर्ने,सम्भव भए वाटरप्रुफ झिलिमिली बत्ती को प्रयोग गर्ने ।