गुलाफ विश्वकै सबैभन्दा सुन्दर र प्रतीकात्मक फूल मानिन्छ। यसका सयौं प्रजाती छन्, जसमध्ये केही हाइब्रिड र केही प्राकृतिक छन्।
रेड हाइब्रिड टी
नेपालका प्राय नर्सरीमा सहजै रातो, गुलाबी, सेतो रङमा पाइने हाइब्रिड गुलाफ विशेष: उपहार र विवाहमा सबैभन्दा लोकप्रिय, व्यावसायिक उत्पादनमा नम्बर १ मै पर्छ । प्रणय दिवसमा सबैभन्दा विक्री हुने गुलाफ यही हो । यसमा क्लासिक कट गरी बनाएको हुन्छ, जसको शानदार सुगन्ध हुन्छ र लामो समय टिक्छ ।
फ्लोरिबन्डा
बहुरंगी (रातो, पहेंलो) गुच्छामा धेरै फूलहरू बाह्रमास निरन्तर यो गुलाफ फुल्छ । विशेष: बगैंचाको सीमाना वा झारमा सजाउन उपयुक्त, नेपालजस्ता मध्यम हावापानीमा सजिलै बढ्छ।
ग्रान्डिफ्लोरा
रातो, गुलाबी; ठूला गुच्छाहाइ ब्रिड टी र फ्लोरिबन्डाको संयोजन सो गुलाफ उचाइमा फुल्छ । विशेष: प्रदर्शनी वा ठूलो बगैंचामा सजाइएको हुन्छ ।
बोर्बोन
गाढा रातो पुरानो हाइब्रिडमा यो प्रजाति पाइन्छ । यसको तीव्र सुगन्ध हुन्छ । विशेषत सुगन्धित तेल उत्पादनमा विशेष, नेपालमा परफ्युम उद्योगमा उपयोगी मानिन्छ ।
पीस रोज
पहेंलो-गुलाबी किनारा रङ हुनेयो गुलाफ विश्व युद्धपछि लोकप्रिय भएको मानिन्छ । यसलाई शान्तिको प्रतीक पनि मानिन्छ । विशेष: ऐतिहासिक र सांस्कृतिक महत्व, नेपालका विशेष अवसरहरूमा उपहारको रूपमा प्रयोग हुन्छ ।