अमेजन विश्वको सबैभन्दा ठूलो जंगल हो, जहाँ सयौं आदिवासी समुदायहरू बसोबास गर्छन् । यी जनजातीहरु प्रकृतिसँग रमाउछन्। र, तिनको संस्कृति हजारौं वर्ष पुरानो छ ।
अमेज़नमा लगभग ४००–५०० आदिवासी छन् । यूरोपेलीहरू आउनुअघि (१५०० ई.पू.) अमेज़नमा ६८ लाखभन्दा बढी आदिवासी थिए । रोग, दासत्वले संख्या घटायो। आज करिब १५ लाख आदिवासी ३ सय ८५ जातीय समूहमा बाँडिएका छन् ।
यानोमामी अमेज़नको सबैभन्दा ठूलो आदीबासी हो, जसमा करिब २० हजार सदस्य छन् । यी उत्तरी ब्राजिल र दक्षिणी भेनेजुएलाको सीमामा बस्छन् । कनोए र अकुन्त्सुमा भने जम्मा ३० सदस्य मात्र बाँकी छन् ।
अमेज़नमा १००–२०० यस्ता ट्राइबहरू छन् जसले स्वेच्छाले अलग्गै बस्छन् । तिनको कुल जनसङ्ख्या १०,००० सम्म हुन सक्छ। यी घुमन्ते जीवन बिताउँछन् र सम्पर्कबाट बच्न ठाउँ बदलिरहन्छन् ।
यी आदीबासीका बच्चाहरू औपचारिक स्कूल जाँदैनन् । बरु, जङ्गलको ज्ञान, शिकार र खेती बुजुर्गहरूबाट सिक्छन्। यो ज्ञान पुस्तौंपुस्ता हस्तान्तरण हुन्छ ।
फलफूल जस्तै केरा, मकै, कसावा र सुपरफुड अकाई बेरी उब्जाउँछन् । शिकार र माछा मार्न बोटबिरुवाबाट बनेको विष प्रयोग गर्छन्, जसले माछालाई बेहोस बनाउँछ ।
प्रकृति, जनावर र वस्तुहरूको पूजा गर्छन् । उनीहरु टाउकोमा प्वाँखको मुकुट, जनावरको दाँत/हड्डीको माला, बोटको रेशा वा छालाको पट्टी, जङ्गलको पातका लुगा, रेशा र फलको रङबाट बनेको न्यूनतम, प्राकृतिक र शरीरमा कोरिएको ज्यामितीय चित्रले आफुलाई सिगार्छन ।
प्राचीनकालदेखि यी ट्राइबहरूले जङ्गललाई आकार दिएका छन् । नियन्त्रित आगो बाल्ने, नहर बनाउने, माछा व्यवस्थापन र अमेज़ोनियन डार्क अर्थ (कृत्रिम माटो) प्रयोग गर्छन् । आज अमेज़नको ३–१० प्रतिशत भागमा यस्तो कृत्रिम माटो छ ।
जङ्गल कटान, तेल खानी, ड्रग तस्करी र बाहिरी रोगहरू सबैभन्दा ठूलो खतरा हुन् । उदाहरण: पनारा ट्राइबले १९७३ मा सडक बन्दा ३५० मध्ये २५० सदस्य गुमायो। २०२५ को रिपोर्टअनुसार, आधा ट्राइबहरू १० वर्षभित्र लोप हुन सक्छन् ।