सर्पसँग मानिसको जस्तो बाहिरी कान वा कुनै प्वाल हुँदैन । भित्री कानमा कोक्लिया पनि हुँदैन, जसले हावाको कम्पनलाई ध्वनि बनाउँछ। त्यसकारण हावाको माध्यमबाट आएको आवाज सर्पले सुन्न सक्दैन ।
यसको सुन्ने तरिका फरक छ । यिनीहरु धर्तीको कम्पन अनुभूति गर्छन् । जमीनमा हुने हलचल आफ्नो टाउको र च्यापूबाट सुन्न सक्छन् ।
Advertisement
जब कुनै जनावर हिड्छन । उनीहरुको चालको सुक्ष्म आवाज धर्तीमा जान्छ । त्यो आवाजले यिनीहरु पता लगाई सिकारी वा खतरा कुन दिसामा हुन्छ पत्ता लगाउछ । सुक्ष्म आवाजलाई पनि पहिचान गर्ने खुबी यसको हुन्छ ।