+

मान्छेले किन यौनको बारेमा बढी सोच्छ ?

मान्छेले दिनभरमा कुनै न कुनै बेला यौनको कुरा मनमा खेलाउँछन् । पुरुषले दिनमा औसत ८ पटक यौनको कुरा सोच्छन् भने महिलाले लगभग ६ पटक सोच्छन् । कसरी ?

जैविक कारण

साइकोलोजी टुडेका अनुसार मान्छेको शरीरमा टेस्टोस्टेरोन र इस्ट्रोजन जस्ता यौन हर्मोनले मस्तिष्कलाई निरन्तर यौन संकेत पठाउँछ । यी हर्मोनले यौन इच्छा र विचारलाई बलियो बनाउँछन्, जसले गर्दा दिनभरि यौन कुरा दिमागमा आइरहन्छ ।

Advertisement

यस्तो जैविक प्रक्रिया सबै स्तनधारी प्राणीमा हुन्छ, तर मान्छेमा यो बढी सक्रिय हुन्छ किनभने हाम्रो मस्तिष्क जटिल छ । त्यसैले, यौनबारे सोच्नु प्राकृतिक कुरा हो । तर, हावी हुन दिनु भने हुँदैन ।

प्रजननको आवश्यकता

प्रजाति जोगाउन यौन सम्पर्क अनिवार्य छ, त्यसैले मस्तिष्कले यसलाई पहिलो प्राथमिकतामा राख्छ । पुरानो समयमा धेरै सन्तान जन्माउनेहरू मात्र बाँचे, त्यो गुण हामीमा पनि छ । यो कारणले यौन विचार बारम्बार आउँछ, किनकि प्रकृतिले हामीलाई सन्तान बढाउन प्रेरित गर्छ। यो सोचाइ हाम्रो अस्तित्वसँग जोडिएको छ।

आनन्दको स्रोत

यौनबारे सोच्दा वा गर्दा मस्तिष्कमा डोपामिन नामक खुशीको हर्मोन निस्कन्छ। यो हर्मोनले तुरुन्तै सुखानुभूति दिन्छ, जस्तै खाना खाँदा वा पुरस्कार पाउँदा हुन्छ । त्यसैले, मान्छेले यौन कुरामा रमाउन खोज्छ, किनकि यो सजिलो र गोप्य तरिकाले आनन्द दिने बाटो हो ।

सामाजिक संजाल प्रभाव

फिल्म, गीत, विज्ञापन, पोर्न समाग्रीमा यौन दृश्य देखाइन्छ । यस्तो सामग्रीले मस्तिष्कलाई निरन्तर उत्तेजित गर्छ। बच्चादेखि बूढेसम्म सबैले यस्तो देख्छन्, त्यसैले यौन कुरा दिमागबाट हट्दैन ।

सामाजिक दबाब

साथीभाइले यौन अनुभवको कुरा गर्छन्, समाजले यौन सफलतालाई सम्मान दिन्छ । यौनमा कमजोर देखिन डर लाग्छ । यस्तो दबाबले मान्छेले यौन कुरा बढी सोच्छ, किनकि आफूलाई राम्रो देखाउनुपर्छ भन्ने लाग्छ। यो दबाब युवाहरूमा बढी हुन्छ ।

कामुक कल्पना

यौन कल्पना गर्न कुनै पैसा वा मान्छे चाहिँदैन, गोप्य र सजिलो छ। जुनसुकै बेला मनमा यौन दृश्य बनाउन सकिन्छ। यस्तो कल्पनाले तुरुन्तै उत्तेजना दिन्छ, त्यसैले मान्छेले बारम्बार यौन कुरा सोच्छन् ।

जिज्ञासा

मान्छेको स्वभाव नै नयाँ कुरा जान्न खोज्ने हो, यौन पनि नयाँ र रहस्यमय लाग्छ। नयाँ पार्टनर, नयाँ तरिका, नयाँ अनुभवको जिज्ञासा हुन्छ । इन्टरनेटले यौनका हजारौं प्रकार देखाइदिन्छ, त्यसले जिज्ञासा झन् बढाउँछ। जिज्ञासु दिमागले यौन कुरा छोड्न सक्दैन ।