आर्थिक सुरक्षा
अधिकांश महिला आर्थिक रुपमा सबल केटा मन पराउँछन् र त्यस्ता केटासँग विवाह गर्न रुचाउने मनोविद् गृष्मा पनेरु बताउँछिन् । उनी भन्छिन् ‘आर्थिक रुपमा सबल हुनुका साथै समय दिने, माया गर्ने पनि होस् भन्ने चाहन्छन् ।’
रोमान्टिक
महिलाहरू रोमान्टिक केटाहरू मन पराउँछन् । जो केटाले छुट्टी लिएर आफ्नो पार्टनरलाई बाहिर लैजान्छन्, स–साना उपहार दिन्छन्, उनका लागि पत्र लेख्छन् यस्ता केटाहरू महिलालाई मनपर्छ ।
आत्मविश्वासी
आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इर्ष्या गर्छन्, न त आफ्ना प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन्। उनीहरू सधैँ सकारात्मक सोच राख्छन् । महिलाहरू यस्तै पुरुषलाई आफ्नो श्रीमानका रुपमा हेर्न चाहने पनेरुले बताइन् ।
‘सेन्स अफ ह्युमर’
हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई अग्रसर हुन आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । आफ्नो व्यवहार मार्फत महिलाहरूप्रति विशेष सम्मान दर्शाउने पुरुषलाई महिलाहरू निकै रुचाउँने मनोविद पनेरुले बताइन् ।
विनम्रता
विनम्रता सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू मध्ये एक हो जुन धेरै महिलाहरूले आफ्ना पार्टनरसँग होस् भन्ने चाहन्छन् ।
सेन्स अफ स्टाइल
महिलाको ध्यान पहिले पुरुषका लुगा र लुकमा जान्छ, त्यसैले स्टाइल महत्त्वपूर्ण छ ।राम्रो लुगा लगाएर मात्र पुग्दैन, उनीहरूको स्टाइल कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ । राम्रो सेन्स अफ स्टाइल भएको पुरुष आफ्नो श्रीमान् होस् भन्ने महिलाको चाहना हुने जोशीले बताए ।