ओट्स र मुस्ली दुवैलाई स्वस्थ खाजाको रूपमा लिइन्छ, तर तिनीहरूको पोषण मूल्य, प्रशोधन प्रक्रिया र स्वास्थ्य लाभहरूमा उल्लेखनीय भिन्नता हुन्छ ।
ओट्सलाई मुस्लीभन्दा बढी स्वस्थकर मानिन्छ, किनकि ओट्स पूर्णअन्न हो जसमा उच्च मात्रामा फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्टहरू हुन्छन् ।
व्यावसायिक मुस्लीमा अतिरिक्त चिनी, प्रशोधित सामग्री र प्रिजर्वेटिभ्स मिसाइएको हुन्छ । तथापि, मुस्ली पनि ओट्समा आधारित हुन सक्छ र यसमा नट्स, सिड्स र सुकेका फलहरू मिसाइएको हुन्छ, जसले यसको पोषण मूल्य बढाउन सक्छ ।
पोषणको तुलना
ओट्स र मुस्लीको पोषण मूल्यहरू उत्पादनको प्रकारमा निर्भर हुन्छ । सादा रोल्ड ओट्सलाई आधार मान्दा, १०० ग्राममा निम्नानुसार पोषक तत्वहरू हुन्छन् । मुस्लीको हकमा, यो विविध हुन्छ किनकि यसमा ओट्ससँगै अन्य सामग्रीहरू मिसाइन्छ ।
यो तुलना अनुसार ओट्समा फाइबर र प्रोटिनको मात्रा सामान्यतया बढी हुन्छ, जबकि मुस्लीमा सुकेका फलहरूबाट चिनी बढी हुन सक्छ । ओट्समा फाइबरको मात्रा मुस्लीभन्दा करिब दोब्बर हुन सक्छ, जसले पाचन प्रक्रिया सुधार्छ र लामो समयसम्म भोक लाग्न दिँदैन ।
ओट्स किन बढी फाइदाजनक ?
ओट्समा मुस्लिमा नहुने तत्व बिटा–ग्लुकान, यो सोलुबल फाइबर ओट्समा उच्च मात्रामा प्रति १०० ग्राममा ३–४ ग्राम पाइन्छ । यसले कोलेस्टेरोलको स्तर कम गर्छ, ब्लड सुगर नियन्त्रण गर्छ र मुटु रोगको जोखिम घटाउँने भएकोले मुस्लीभन्दा बढी स्वस्थ बनाउँछ । जस्तै
ओट्स र मुस्ली किन्दा ध्यान दिनुपर्ने कुराहरू
सादा रोल्ड ओट्स वा स्टिल–कट ओट्स छान्नुपर्छ, जसमा अतिरिक्त चिनी हुँदैन । इन्स्ट्यान्ट ओट्सबाट बच्नुपर्छ किनकि यसमा चिनी र प्रशोधन बढी हुन्छ । न्यूट्रिसन लेबल हेरेर चिनी नभएको रोज्नुपर्छ ।