दूधमा कोलेस्ट्रोल हुन्छ । जसकारण उच्च कोलेस्ट्रोल भएका प्रायः दूध पिउन छोड्छन् । तर, चिन्ता मान्नु पर्दैन । किनकी, नियमित दूध सेवनले कोलेस्ट्रोलको स्तर बढ्दैन।
दूधमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ। एक सय मिलिलिटर दूधमा लगभग १०-१५ मिलिग्राम कोलेस्ट्रोल हुन्छ, जुन दैनिक सिफारिस गरिएको कोलेस्ट्रोलको मात्रा (३ सय मिलिग्राम) को तुलनामा नगण्य हो।
दूधमा रहेका केही तत्व, जस्तै संतृप्त फ्याट र प्रोटिनले शरीरमा हुने राम्रो कोलेस्ट्रोलको स्तरलाई बढाउन सक्छ। एचडीएलले रगतबाट खराब कोलेस्ट्रोललाई हटाउन मद्दत गर्छ, जसले समग्र कोलेस्ट्रोल सन्तुलनमा राख्छ।
दूधमा क्याल्सियम, भिटामिन डी, र प्रोटिन जस्ता तत्वहरू हुन्छन्, जसले मुटुको स्वास्थ्यलाई सुधार गर्छ। क्याल्सियमले फ्याटको अवशोषणलाई कम गर्न सक्छ, जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
कोलेस्ट्रोलको स्तरमा दूधको प्रभाव व्यक्तिको समग्र खानपान, जीवनशैली, र स्वास्थ्य अवस्थामा निर्भर गर्छ। यदि दूध दैनिक १ देखि दुई गिलास पिउने गरेमा यसले कोलेस्ट्रोलमा नकारात्मक प्रभाव पार्दैन।