+

यौन सुखका लागि ‘प्राकक्रीडा’ कति जरुरी ?

भनिन्छ, दाम्पत्य सुखको एउटा कडी हो, आनन्दमयक यौन जीवन । सक्रिय यौनले दाम्पत्य सुख मात्र होइन प्रेम र विश्वास पनि प्रगाढ हुन्छ ।

यद्यपि समस्या कहाँ छ भने धेरैजसो दम्पतीले खुलेर यौनको विषयमा चर्चा गर्दैनन् । न उनीहरूले यसबाट कसरी अधिकतम सन्तुष्टि हासिल गर्न सकिन्छ भनी अभ्यास गर्छन् ।

Advertisement

जबकि यौन जीवनलाई आनन्दमयक बनाउन प्राकक्रीडा आवश्यक छ । प्राचीन कालदेखि नै यसबारे विभिन्न अभ्यास र खोज हुँदै आएको छ ।

के हो त प्राकक्रीडा ?

प्राकक्रीडा भनेको यौन सम्बन्ध स्थापित गर्नुअघि गरिने शारीरिक, भावनात्मक र मानसिक तयारीको प्रक्रिया पनि हो । जसमा अंगहरूको स्पर्श, चुम्बन, अंगालो, स्पर्श, प्रेमील तवरले गरिने मसाज यस्तै गतिविधिहरू पर्छन । जसले दुई व्यक्तिबीचको आत्मीयता, आकर्षण र यौन उत्तेजना बढाउँछ ।

प्राकक्रीडा कसैको लागि रोमान्टिक कुराकानी र भावनात्मक संवाद हुन सक्छ भने कसैका लागि छोटो शारीरिक स्पर्श वा प्रेमालाप पनि पर्याप्त हुन्छ ।

उदाहरणका लागि, हात समात्ने, कपाल सुम्सुम्याउने, एकअर्कालाई मायालु शब्दहरू भन्ने वा हल्का मसाज गर्ने जस्ता क्रिया पनि प्राकक्रीडाको हिस्सा हुन सक्छन् । यो प्रक्रियाले शारीरिक रूपमा यौन उत्तेजना बढाउनुका साथै मनोवैज्ञानिक रूपमा पनि दुवै पक्षलाई तयार बनाउँछ।

यसरी अंगहरूमा गरिने स्पर्श र चुम्बनले शरीरमा खुसीको हर्मोन ‘डोपामाइन’ र ‘अक्सिटोसिन’को स्राव बढाइदिन्छ । जसले रक्तसञ्चार बढाउने, आनन्द दिने र उत्तेजनालाई उच्च बनाएर चरमसुखसम्म पुग्न मद्दत गर्छ।

प्राकक्रीडाको आवश्यकता किन ?

कतिपय भन्छन्, ‘प्राकक्रीडा किन चाहियो ?’ कतिले त यसलाई समयको बर्बादी ठान्छन् । उनीहरूका लागि मुख्य कुरा भनेको यौनसम्पर्क नै हो ।

प्रायःजसो पुरुषको तुलनामा अधिकांश महिलालाई चरमसुखको स्थितिमा पुग्न केही बढी समय लाग्छ । कतिपय दम्पतीले यौनसम्पर्कको सुरुवात नै एकै पटक योनीमा लिङ्ग प्रवेशका साथ गर्छन् ।

यसो गर्नाले पुरुष तथा महिला यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमा फरक समयमा पुग्ने हुँदा दुवैले एकै समयमा चरम यौनआनन्द पाउन सक्दैनन् । एक राम्रो प्राकक्रीडा गर्दा महिला वा पुरुषलाई राम्ररी उत्तेजित गराउन र यौनसुख राम्ररी प्राप्त गर्न मद्दत मिल्छ ।

प्राकक्रीडा बिना नै यौनसम्पर्कमा प्रवेश गरियो भने दुवै पक्षलाई शारीरिक असहजता हुन सक्छ र अनुभव अपूर्ण रहन सक्छ। शरीर पूर्णरूपमा उत्तेजित नहुन सक्छ । जसले महिलामा लुब्रिकेशनमा कमी गराउँछ ।