मानव जीवनलाई निश्चित लक्ष्यतर्फ उन्मुख मार्गका रूपमा राखेर जीवनका चार पुरुषार्थ- धर्म, अर्थ, काम र मोक्षको अवधारणा बनाइएको पाइन्छ । पुरुषार्थ भन्नाले मानिसले जीवनमा प्राप्त गर्न खोज्ने प्रमुख उद्देश्य बुझिन्छ । चार पुरुषार्थले व्यक्तिगत, सामाजिक, नैतिक र आध्यात्मिक जीवनलाई सन्तुलनमा राख्ने मार्गदर्शन दिने हिन्दु दर्शनमा उल्लेख छ ।
१. धर्म
धर्म भनेको सत्य, नैतिकता, कर्तव्य र न्याय हो । व्यक्तिको भूमिकाअनुसार सही कर्म गर्नु नै धर्म हो । धर्मले जीवनलाई नैतिक आधार दिन्छ। समाजमा असमानता निम्त्याउँछ।
२. अर्थ
अर्थको अर्थ धन, सम्पत्ति र भौतिक आवश्यकताको पूर्ति हो । धर्मको मार्गमा रहेर इमानदार तरिकाले आर्जन गर्नुपर्छ । धर्मविना अर्थले समाजमा असमानता निम्त्याउँछ ।
३. काम
काम भनेको इच्छा, प्रेम, आनन्द र भावनात्मक सन्तुष्टि हो । कला, संगीत, मित्रता र दाम्पत्य सुख यसमा पर्छन् । धर्मको नियन्त्रणमा रहेर कामले जीवन रसिलो बनाउँछ।
४. मोक्ष
मोक्ष भनेको जन्म-मृत्युको चक्रबाट मुक्ति र आत्मज्ञान हो । धर्म, अर्थ र काम सन्तुलित गरेपछि मोक्षतर्फ अघि बढिन्छ । यो जीवनको अन्तिम शान्ति र पूर्णता हो ।
सन्तुलनको महत्व
यी चार पुरुषार्थ एक-अर्काका पूरक हुन् । कुनै एकमा मात्र केन्द्रित हुँदा जीवन असन्तुलित हुन्छ । सन्तुलित जीवन नै हिन्दू दर्शनको आदर्श हो ।