बजारमा विभिन्न प्रकारका दुखाइ कम गर्ने औषधिहरू पारासिटामोल, एनएसआइएडीएस (जस्तै आइबुप्रोफेन, डाइक्लोफेनाक, न्याप्रोक्सेन) र ओपिओइड्स (जस्तै कोडिन, ट्रामाडोल, मोर्फिन) पाइन्छन् ।
यी सबै औषधिहरूको मुख्य काम शरीरमा हुने दुखाइमा राहत दिनु हो । पेनकिलर औषधिहरूको प्रभाव बुझ्नका लागि पहिले हामीले चोट लाग्दा वा अत्यधिक दबाब पर्दा दुखाइ कसरी हुन्छ भन्ने कुरा जान्न आवश्यक छ।
पेनकिलर औषधिहरूले शरीरमा यस्ता रासायनिक पदार्थहरू बन्नबाट रोक्ने काम गर्छन् । यी सबै औषधि कहिलेकाहीँ एक दुई चक्की खाँदा खासै असर गर्दैन । तर, बारम्बार खाने र लामो समयसम्म यही सिलसिला चलिरहयो भने दीर्घकालीन फरक–फरक जोखिम हुनसक्छ ।
१. कलेजोमा समस्या
पेन किलरको दीर्घकालीन प्रयोगले कलेजोलाई सबैभन्दा बढी असर गर्छ, विशेषगरी पारासिटामोलले । यो अरू औषधिको तुलनामा सुरक्षित छ तर लामो समयसमम सेवन गरिरहने हो कलेजोमा विषाक्त पदार्थ जम्मा हुन्छ, जसले कलेजोको कोषिकाहरू नष्ट गर्छ ।
२. उच्च रक्तचाप र मुटुमा समस्या
पेनकिलर औषधिको सबैभन्दा पहिलो र सिधा असर शरीरको रक्तचापमा पर्छ । यी औषधिले किड्नीको कार्यप्रणालीलाई प्रभावित गर्छन्, जसका कारण शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ ।
यी औषधिले रक्तनली सुन्नाउने काम गर्छन् तर दुखाइ उत्पन्न गराउने प्रोस्टाग्लान्डिन्स हर्मोनलाई रोकेर रक्तचाप बढाउँछन् र रक्त प्रवाहमा बाधा पुर्याउँछन् ।
मिर्गौलामा क्षति
यसले रक्त प्रवाह कम गरेर एक्युट किड्नी इन्जुरी निम्त्याउँछ। लामो प्रयोगले मिर्गौला फेलियरको जोखिम दोब्बर बनाउँछ । वृद्ध उमेर, डिहाइड्रेसन वा पहिले मिर्गौला समस्या भएकामा बढी खतरा हुन्छ ।