महिलालाई हैरान बनाउने एउटा समस्या हो, अनुहारमा पलाएका अनावश्यक रौं । अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ ।
तर जब यी रौं बाक्लो हुन थाल्छन् वा दाह्री र जुँगाजस्तो देखिन थाल्छन्, तब यो महिलाका लागि समस्याको कारण बन्छ ।
प्रायः महिलाहरूले यसका लागि रेजर प्रयोग गर्छन्, जुन सरल, छिटो र सस्तो उपाय हो । तर यसबारे धेरै भ्रम पनि फैलिएको छ । कतिपयले भन्छन्, ‘सेभिङले रौं बाक्लो र कालो भएर आउँछ’, केहीले भन्छन् ‘छालामा नकारात्मक असर गर्छ ।’
के हो वास्तविकता ?
महिलाहरूले सेभिङ रोज्ने मुख्य कारण यसको सहजता हो । घरमै सजिलै गर्न सकिन्छ र कुनै महँगो उपकरणको आवश्यकता पर्दैन । सामान्य रेजर वा महिलाहरूका लागि बनाइएको फेसियल रेजर प्रयोग गरेर तुरुन्तै रौं हटाउन सकिन्छ । यसले समय र पैसा दुवै बचत गर्छ ।
सेभिङका फाइदा
सेभिङलाई महिलाहरूले छनोट गर्ने मुख्य कारणहरू यसको सजिलो र किफायती पक्ष हुन् । यो विधि घरमै गर्न सकिन्छ र कुनै विशेष उपकरण वा महँगो उत्पादनको आवश्यकता पर्दैन ।
सामान्य रेजर वा महिलाहरूका लागि विशेष डिजाइन गरिएको फेसियल रेजर प्रयोग गरेर तुरुन्तै अनावश्यक रौं हटाउन सकिन्छ । यसले समय र पैसा दुवै बचत गर्छ । विशेषगरी चाँडै कुनै कार्यक्रम वा पार्टीमा जानुपर्दा यो सबैभन्दा छिटो विकल्प बन्न सक्छ ।
मृत कोषिका हटाउँछ
सेभिङले छालाको मृत कोषहरू पनि हटाउँछ । रेजरको धारले रौंसँगै छालाको माथिल्लो तहको मृत कोषिकालाई हटाउँछ । यो एक प्रकारको सौन्दर्य उपचार हो, जसले छालालाई चम्किलो र नरम बनाउँछ ।
यसबाट छालामा प्राकृतिक निखार आउँछ र अनुहारमा लगाइएको सौन्दर्य प्रसाधनहरू जस्तै मोइस्चराइजर, सिरम वा फेस मास्क राम्ररी सोसिन्छन् ।
मेकअप लगाउँदा पनि उज्यालो देखाउँछ । किनकि, रौं र मृत कोषिका हटेपछि मेकअप राम्रो देखिन्छ र लामो समयसम्म टिक्छ ।
दाग वा निशान छोड्दैन
सेभिङले छालामा लामो समयसम्म दाग वा निशान छोड्दैन । भ्याक्सिन, थ्रेडिङ वा केमिकल डिपिलेटरी जस्ता विधिहरूमा छालामा रातोपन, जलन वा दाग लाग्ने सम्भावना बढी हुन्छ, तर राम्रोसँग सेभिङ गर्दा यस्ता समस्या न्यून हुन्छन् ।
यदि तपाईंले सही तरिकाले सफा रेजर प्रयोग गर्नुभयो र सेभिङ क्रिम वा जेल लगाउनुभयो भने छालामा कुनै रासायनिक प्रतिक्रिया हुँदैन ।