+

एपेन्डिसाइटिस औषधिले निको हुन्छ ?

एपेन्डिसाइटिस के हो ?

ठूलो आन्द्रामा एउटा एपेन्डिक्स नामक अंग हुन्छ, जुन कान्छी औंला भन्दा पनि सानो ट्युब जस्तो अवस्थामा हुन्छ । सोही ट्युबको प्वालमा हुने दुखाइ वा संक्रमणलाई एपेन्डिसाइटिस भन्ने गरिएको छ ।

कसलाई हुन्छ ?

एपेन्डिसाइटिस जो कोहीलाई हुन सक्छ । खासगरी २० देखि ४० वर्ष उमेर समूह यसको जोखिममा हुन्छ । यो उमेर समूहकालाई खानपानकै कारण एपेन्डिसाइटिस हुन सक्छ । ४० वर्षभन्दा माथिकालाई भने ठूलो आन्द्रामा क्यान्सर भएर पनि यस्तो समस्या हुनसक्छ ।

Advertisement

कसरी थाहा पाउने ?

एपेन्डिसाइटिसका सामान्य लक्षणमा नाभीको वरिपरि दुख्ने, पेट डम्म हुने, पेट फुलेको जस्तो हुन्छ । यसैगरी दुखेको केही घण्टापछि पेटको दायाँतर्फको तल्लो भागमा दुखाइ बढ्दै जाने, खोक्दा वा चल्दा पेट बढी दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने गर्छ ।

भोक नलाग्ने, ज्वरो आउने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या यसको लक्षण हुन् । कसैकसैको नाभी आसपासमा नदुखेको हुन सक्छ । तर पेटकोे दायाँतर्फको तल्लो भागमा दुखाइ सुरु भएको हुन सक्छ । अर्को विभिन्न शारीरिक जाँच गरेर पनि एपेन्डिसाइटिस भए नभएको थाहा पाउन सकिन्छ ।

औषधिले निको हुन्छ ?

एपेन्डिसाइटिस भएपछि औषधिको प्रयोगले मात्र निको हुँदैन । कुनैकुनै बेला बिरामीलाई एपेन्डिसाइटिस भएको हो कि होइन भनेर प्रमाणित नभएको अवस्थामा औषधि दिएर निरीक्षण गरिन्छ ।

एपेन्डिसाइटिस भएको हो भने शल्यक्रिया गर्नैपर्छ । निरीक्षणको लागि मात्र औषधि प्रयोग गरिन्छ । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प छैन ।

शल्यक्रियाको तयारी कसरी गर्ने ?

एपेन्डिक्सको शल्यक्रियामा तयारी गर्नुपर्ने भनेको बिरामीले कुन प्रविधि प्रयोग गरेर शल्यक्रिया गर्ने त्यो टुंगो गर्नुपर्ने हुन्छ । अहिले एपेन्डिक्सको शल्यक्रिया दुई प्रकारले गरिन्छ, सामान्य पेट चिरेर गर्ने र ल्यापोस्कोपी (दुर्विन) प्रविधि प्रयोग गरेर ।

अधिकांश एपेन्डिक्सका बिरामीको शल्यक्रिया दुरबिन प्रविधिबाट गरिएको पाइन्छ । किनभने यो प्रविधि अपनाएर शल्यक्रिया गर्दा सानो मात्र घाउ हुने, दुखाइ कम हुने, पाक्ने तथा खत बस्ने जोखिम कम हुन्छ । यसले गर्दा बिरामी चाँडै निको भएर दैनिक जीवनमा फर्कन सक्छन् ।

कसैकसैको एपेन्डिक्स फुटेर पेटभर संक्रमण भएको अवस्थामा पूरै पेट नै चिरेर शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ । यदि पेरिटोनियम (एक प्रकारको क्यान्सर) पनि फुटेमा आन्द्राभित्रको तत्व बहिर निस्किएर जटिल प्रकारको संक्रमण हुने गर्छ ।

कति जटिल ?

एपेन्डिसाइटिसको शल्यक्रियामा सुरुवाती चरणमा हो भने थोरै मात्र जटिल हुन्छ । एपेन्डिसाइटिस पेटभित्र फुटेर फैलिएको छ, संक्रमण भएको छ भने निकै जटिल हुन सक्छ