विगत ३० वर्षमा वायु प्रदूषणका कारण स्वास्थ्यमा धेरै घातक असर देखिएको छ । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परिरहेका छन् ।
प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन्, जसले मानिस, जनावर र वनस्पतिमा हानिकारक प्रभाव पार्छ ।
मुटुमा असर
हावामा भएको मसिना धुलोको कण ‘पीएम २.५’ र अन्य विभिन्न सूक्ष्म कण स्वास्थ्यका लागि हानिकारक छ । यस्तो प्रदूषणले रक्तनलीहरूलाई साँघुरो र कडा बनाएर क्षति पुर्याउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु बताउँछन् । ‘
मस्तिष्क
वायु प्रदूषणले शरीरको हरेक अंगमा असर गरेजस्तै मस्तिष्कमा पनि प्रत्यक्ष रूपमा असर गर्ने न्युरोलोजिस्ट डा. सुमन भट्टराई बताउँछन् । ‘प्रदूषणले धमनीहरूलाई कडा बनाउँछ, जसले रगत जम्ने हुन्छ । रगत राम्रोसँग मस्तिष्कमा सञ्चालन हुन नपाउँदा मस्तिष्कघात हुने सम्भावना हुन्छ,’ उनी भन्छन् ।
आँखा
प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्नेजस्ता समस्या देखिने बाल आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठ बताउँछिन् । ‘प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखाको समस्या देखिन्छ ।