१. सफा गर्ने तरिका
आफ्ना बच्चालाई घर, आफ्नो कोठा कसरी सफा गर्ने भनेर सिकाउनु आवश्यक छ । बालबालिकाहरूले आफ्नो वरिपरिको फोहोर डस्टबिनमा फाल्न जान्नुपर्छ, र यो बानी बन्नुपर्छ ।
२. घर कसरी फर्कने
बालबालिकाहरूलाई आफ्नो घरको ठेगाना थाहा हुनुपर्छ । यदि उनीहरू नजिकै हराएका छन् भने उनीहरूलाई घर कसरी फर्कने भन्ने कुरा पनि थाहा हुनुपर्छ । विशेषगरी, उनीहरूलाई स्कूलबाट घर जाने बाटो थाहा हुनुपर्छ ।
३. आफ्ना लागि खाना बनाउने तरिका
बालबालिकाहरूलाई साधारण चीजहरू कसरी पकाउने भनेर जान्नुपर्छ । कुनै परिस्थितिबस कहिलेकाहीँ केही घण्टाका लागि बालबालिकालाई घरमा एक्लै छाड्नुपर्ने हुन सक्छ । स्कुलबाट आएपछि अभिभावक कामबाट आउन समय लाग्न सक्छ ।
घरमा सधैँ पाकेको खानेकुरा नहुन सक्छ । यस्तो बेला सामान्य खानेकुराहरू आफैँ पकाएर खान सक्नु बनाउनुपर्छ । भएका खानेकुरालाई तताएर र बनाएर खाने सक्ने गरी सिकाउनुपर्छ ।
४. पैसाको व्यवस्थापन
१० वर्षसम्मका बच्चाहरूलाई पैसा व्यवस्थापनको केही ज्ञान हुनुपर्छ । विशेषगरी, तिनीहरूले आफ्नो पकेट खर्च कसरी बचत गर्ने भनेर जान्नुपर्छ । आफ्ना अभिभावकको आर्थिक अवस्था कस्तो छ त्यो अनुसार खर्च गर्ने बानीको सिक्नुपर्छ ।
५. आफ्नो निर्णय आफैं लिने
१० वर्षको बच्चाले आफ्ना केही निर्णयहरू आफैं गर्न सक्षम हुनुपर्छ । कति बेला होमवर्क गर्ने, कति बेला खेल्ने वा अन्य कुनै काम गर्ने निर्णय आफैँ गर्नसक्ने हुनुपर्छ । मौसमअनुसार कुन कपडा लगाउने, कहाँबाट खाजा किनेर ल्याउने जस्ता कुरामा आफैँ सक्षम हुनुपर्छ ।