+

फाइबर कम हुँदा शरीरमा देखिने ५ समस्या

१. मधुमेहको जोखिम

फाइबरको मात्रा काम खाने हो वा शरीरलाई पुगेन भने खाना खाएपछि रगतमा ग्लुकोजको स्तर छिट्टै बढ्छ । किनकि, फाइबरले कार्बोहाइड्रेटको अवशोषणलाई ढिलो बनाउँछ । बारम्बार यस्तो हुँदा इन्सुलिन रेसिस्टेन्स बढ्छ र टाइप २ मधुमेहको जोखिम उच्च हुन्छ । अमेरिकन डायबिटिज एसोसिएसनका अनुसार, फाइबरयुक्त आहारले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।

२. खराब कोलेस्टेरोल बढ्ने

फाइबरको कमीले खराब कोलेस्टेरोल (एलडिएल) को स्तर बढाउँछ । फाइबर विशेष गरी सोल्युबल फाइबर आन्द्रामा बाइल एसिडसँग बाँधिएर शरीरबाट बाहिर निकाल्छ, जसले नयाँ बाइल एसिड बनाउन शरीरले कोलेस्टेरोल प्रयोग गर्छ र एलडिएल घट्छ ।

Advertisement

३. गट माइक्रोबायोमको असन्तुलन

आन्द्रामा रहेका राम्रा ब्याक्टेरियालाई गट माइक्रोबायोम भनिन्छ । फाइबर यी ब्याक्टेरियाको मुख्य खाना हो, जसले तिनको संख्या बढाउँछ र छोटो चेन फ्याटी एसिड उत्पादन गर्छ जसले आन्द्राको स्वास्थ्य र इम्युनिटी बलियो बनाउँछ । लो फाइबर डाइटले राम्रा ब्याक्टेरियाको संख्या घटाउँछ र नराम्रा ब्याक्टेरिया हावी हुन्छन् ।

४. पाचन समस्या

फाइबरले मललाई नरम बनाउँछ र आन्द्राको गतिविधि बढाउँछ । यसको कमी हुँदा मल कडा हुन्छ, दिसा लाग्न गाह्रो हुन्छ र कब्जियत हुन्छ । लामो समयसम्म कब्जियत हुँदा हेमोराइड्स, डाइभर्टिकुलाइटिस र आन्द्राका अन्य रोगको जोखिम बढ्छ । यसबाहेक ग्यास, पेट फुल्ने, अपच, क्र्याम्प्स जस्ता समस्या पनि देखिन्छन् ।

५. वजन बढ्ने, मेटाबोलिज्म सुस्त हुने

फाइबरयुक्त खानेकुराले पेट लामो समय भरिएको महसुस गराउँछ, जसले बढी खाने सम्भावना कम गर्छ । तौल नियन्त्रणमा मद्दत गर्छ । लो फाइबर डाइटमा पोषण कम हुन्छ, छिट्टै भोक लाग्छ र क्यालोरी बढी हुने जोखिम हुन्छ । यसले तौल बढाउँछ, मेटाबोलिज्म सुस्त बनाउँछ र उच्च रक्तचाप, टाइप २ मधुमेह, हृदय रोग जस्ता मेटाबोलिक सिन्ड्रोमको जोखिम बढाउँछ ।