अमेरिकी गायिका बियोन्से १० वर्षपछि फर्किँदै मुख्य आकर्षण बनिन् । उनको अनौठो डिजाइनको पहिरनले सबैको ध्यान खिच्यो ।
Advertisement
बार्बाडोसकी गायिका रिहाना ढिलो आए पनि ग्ल्यामरस देखिइन् । अभिनेत्री निकोल किडम्यान र टेनिस खेलाडी भेनस विलियम्स पनि आकर्षक देखिए ।
अभिनेत्री निकोल किडम्यान मेट गाला २०२६ मा रातो आकर्षक पहिरनमा देखिइन् । उनको क्लासिक शैली र सौन्दर्यले रेड कार्पेटमा सबैको ध्यान खिच्यो ।
बलिउड निर्देशक करण जोहर मेट गाला २०२६ मा आकर्षक र स्टाइलिस पहिरनमा देखिए । उनले भारतीय डिजाइनरको डिजाइनमा तयार गरिएको भव्य पोशाक लगाउँदै आफ्नो फरक पहिचान प्रस्तुत गरे ।