शरीरमा हरेक पल अर्बौं रक्तकोषिकाहरु बन्छन् र अर्बौं कोषिकाहरु मर्छन् । यी रक्तकोषिका बोनम्यारोमा बन्छन् । बोनम्यारो हड्डीको बीच भागमा हुने स्पन्जी र नरम भाग हो । शरीरको करिब ९५ प्रतिशत रगत बोनम्यारोबाट उत्पादन हुन्छ ।
यद्यपि शरीरका सबै हड्डीमा रगत बन्दैन । रगत बन्ने हड्डी मेरुदण्ड (ढाड), छाती, घुँडामा र बस्ने हड्डीमा बन्छ । किनकि यहाँ बोनम्यारोको मात्रा बढी हुन्छ । बोनम्यारोको स्पन्जी भागमा स्टेम सेलहरू हुन्छन् ।
जब यी स्टेम सेलहरू परिपक्व हुन्छन्, तिनीहरू धेरै प्रकारका कोषिकाहरुमा विकसित हुन्छन् । रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट आदि । यी तीन कुरा मिलेर शरीरमा रगत बन्छ र हरेक नसामा दौडिन्छ ।
शरीरमा रगत कति हुनुपर्छ ? मानव शरीरमा रगतको मात्रा व्यक्तिको उमेर, लिङ्ग र शारीरिक स्वास्थ्यमा निर्भर हुन्छ । सामान्यतया एक स्वस्थ व्यक्तिको शरीरमा करिब चारदेखि पाँच लिटर रगत हुनुपर्छ । स्वस्थ र वयस्क व्यक्तिको शरीरमा रगतको अनुपात उसको कुल तौलको करिब आठ प्रतिशत हुनुपर्छ । सरल भाषामा यदि तौल ६० किलो छ भने शरीरमा रगतको मात्रा आठ प्रतिशत हुनुपर्छ । त्यस्तै, बच्चाको रगत कुल तौलको करिब ९ प्रतिशत र नवजात शिशुको रगत कुल तौलको १० प्रतिशत हुनुपर्छ । महिला र पुरुषको शरीरमा कति रगत हुनुपर्छ ? एक स्वस्थ वयस्क पुरुषको शरीरमा करिब ५ देखि ५.५ लिटर (लगभग १२.२ पिन्ट) रगत हुनुपर्छ । जबकि एक स्वस्थ वयस्क महिलाको शरीरमा ४ देखि ४.५ लिटर (लगभग ९ पिन्ट) रगत हुनु आवश्यक हुन्छ । यो भन्दा कम रगत भएमा स्वस्थ मानिंदैन । शरीरमा हरेक क्षण रगत उत्पादन शरीरले हरेक सेकेन्डमा कम्तीमा २० लाख रातो रक्तकोषिका उत्पादन गर्छ । यो शरीरको बोनम्यारोको स्टेम सेलबाट बन्छ । एक स्वस्थ मानिसले दैनिक करिब ४०० देखि २०० एमएल रगत उत्पादन गर्छ । रगतको काम रगतले एउटै मात्र होइन धेरै काम गर्छ । धमनी, नसा र कोषिकाहरु मार्फत रगत शरीरको प्रत्येक कोषिकासँग जोडिएको हुन्छ । जब खाना खाइन्छ, पोषक तत्त्वहरू फिल्टर हुन्छन् र प्रत्येक कोषमा पुग्छन् । यसको साथमा यसले फोक्सोबाट अक्सिजन लिन्छ र यी कोषिकाहरुमा पुर्याउँछ । यसपछि यसले सबै हर्मोन, भिटामिन, एन्टिबडी, इलेक्ट्रोलाइट्स आदि तत्त्व त्यहाँ पुर्याउँछ । यति मात्र होइन रगतको कोषिकाले पनि तातो यताउता सार्ने गर्छ । यसले शरीरबाट कोषिकाहरुबाट विषाक्त पदार्थ र कार्बनडाइअक्साइड पनि निकाल्छ । शरीरमा रगतको कमी किन हुन्छ ? शरीरमा रगत बन्ने नियमित प्रक्रियामा गडबड भएपछि रातो रक्तकोषिकामा कमी आउँछ । साथै शरीरमा न्युट्रिसियन डिफेन्सियसन कमी भएर पनि हुने गर्छ । न्युट्रिसियन डिफेन्सियस भनेको शरीरमा भिटामिन डी, आइरन, भिटामिन बी-१२ को कमी भएपछि हुने गर्छ । यसबाहेक शरीरमा बोनम्यारो कमी हुँदै गएमा पनि रगतको कमी हुन्छ । कम भएको कसरी थाहा हुन्छ ? रगतमा विभिन्न कोषिकाहरु हुने भएकाले रगतमा कुन चीज कम भएको छ, त्यही अनुसार लक्षण देखा पर्छ । सामान्यतया रातो रक्तकोषिका, हेमोग्लोबिन कम भएर रक्तअल्पता धेरैमा देखा पर्ने समस्या हो । रक्तअल्पता हुँदा देखिने लक्षण - छाला र आँखा पहेंलो हुने - धेरै कमजोर महसुस हुने - छाती दुखाइ महसुस हुने - मुटुको धड्कन बढ्ने र सास फेर्न गाह्रो हुने - थकित महसुस हुने - टाउको दुख्ने, रिंगटा लाग्ने - हात-खुट्टा चिसो हुने - गम्भीर अवस्थामा रिंगटा लाग्ने र बेहोस हुने रगतको कमी हुन नदिन के गर्ने ? सामान्यतया रक्तअल्पता पछाडि रहेको कारण पत्ता लगाएर उपचार गर्नाले रक्तअल्पताको समस्या स्वतः समाप्त भएर जान्छ । आइरन, भिटामिन बी-१२ र फोलिक एसिडको कमीका कारण भएको रक्तअल्पतालाई पोषिला खानेकुरा खाएर, आइरन तथा भिटामिनयुक्त चक्की सेवन गरेर वा खोप लगाएर त्यसको परिपूर्ति गर्न सकिन्छ । आइरन धेरै भएका खानेकुरा जस्तो रातो मासु, सिमी, हरिया सागसब्जी प्रशस्त मात्रामा खानुपर्छ ।
शरीरमा रगत कति हुनुपर्छ ?
एक स्वस्थ व्यक्तिको शरीरमा करिब चारदेखि पाँच लिटर रगत हुनुपर्छ । यदि तौल ६० किलो छ भने शरीरमा रगतको मात्रा आठ प्रतिशत हुनुपर्छ । त्यस्तै, बच्चाको रगत कुल तौलको करिब ९ प्रतिशत र नवजात शिशुको रगत कुल तौलको १० प्रतिशत हुनुपर्छ ।
महिला र पुरुषको शरीरमा कति रगत हुनुपर्छ ?
एक स्वस्थ वयस्क पुरुषको शरीरमा करिब ५ देखि ५.५ लिटर (लगभग १२.२ पिन्ट) रगत हुनुपर्छ । जबकि एक स्वस्थ वयस्क महिलाको शरीरमा ४ देखि ४.५ लिटर (लगभग ९ पिन्ट) रगत हुनु आवश्यक हुन्छ । यो भन्दा कम रगत भएमा स्वस्थ मानिंदैन ।