+

सर्पले डसेमा के गर्ने, के नगर्ने ?

सर्पले डसेपछि आत्तिने, अत्याउने होइन, बिरामीलाई आत्मबल दिनुपर्छ । सकेसम्म छिटो सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्छ ।

बिरामीलाई धेरै आत्तिन, दौडधुप गर्न वा अनावश्यक हल्लिन दिनुहुँदैन ।

Advertisement

सम्भव भए सर्पको फोटो खिचेर राख्नुपर्छ, यसले उपचारमा मद्दत गर्छ ।

डसेको अंग कम चल्ने गरी हल्का ब्यान्डेज बानेर स्थिर राख्नुपर्छ । डोरीले कसिलो बाँध्ने, घाउ काट्ने वा मुखले विष चुस्ने काम गर्नुहुँदैन ।

कसिलो कपडा लगाएको भए फुकाल्ने र डसेको ठाउँ साबुनपानीले सफा गर्न सकिन्छ ।

अविषालु सर्प भनेर बेवास्ता गर्नु हुँदैन, सबै अवस्थामा अस्पताल जानुपर्छ । सर्पदंशको मुख्य उपचार 'एन्टिभेनम' भएकाले ढिला नगरी चिकित्सकीय उपचार लिनुपर्छ ।