+

तकिया सफा नगर्दा कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

छालाको एलर्जी

फोहोर तकियाहरूमा ब्याक्टेरिया हुन्छन् जसले छालाको समस्या निम्त्याउन सक्छ । हरेक दिन एउटै तकियामा सुत्दा चिलाउने र एलर्जी हुने जोखिम बढाउन सक्छ । डण्डीफोर आउने समस्या पनि हुनसक्छ ।

श्वासप्रश्वास समस्या

तकियामा धुलो र धुलोको कण जम्मा हुन्छ । धुलोको एलर्जी हुने समस्या रहेका व्यक्तिलाई यसले असर पार्छ । यसले एलर्जी हुने, हाच्छिउँ आउने, नाक बन्द हुने समस्या निम्त्याउन सक्छ । साथै खोकी लाग्ने, दमको समस्या देखा पर्ने, दमको बिरामी भएमा श्वास-प्रश्वासमा थप समस्या हुने हुन सक्छ ।

Advertisement

कपालसम्बन्धी समस्या

फोहोर तकियामा सुत्दा तपाईंको कपालमा फोहोर र ब्याक्टेरिया फस्छ । यसले चाया, चिलाउने र कपाल झर्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

आँखाको संक्रमण

यदि तकियाको कभर लामो समयसम्म धोइएन भने, त्यसमा रहेका ब्याक्टेरिया आँखामा पुग्न सक्छ । यसले आँखा पोल्ने, रातो हुने, आँखाको संक्रमणहरू देखापर्ने हुन सन्छ ।

.निद्राको गुणस्तरमा बाधा

फोहोर र गन्हाउने तकियामा सुत्दा आरामदायी निद्रा नपर्न सक्छ । नाक सकसक हुने, टाउको तथा शरीर चिलाउने जस्ता कारणले निदाउन कठिन हुन हुन्छ । यसले थकान, टाउको दुख्ने र मुड स्विङ हुनसक्छ ।

तकिया कति समयको फरकमा सफा गर्ने ?

सफा राख्नका लागि तकियाको कभर समय– समयमा धुनुपर्छ । यो कति समयको फरकमा धुने भन्ने कुरा चाहिँ आफ्नो परिस्थितिअनुसार फरक हुन सक्छ । यदि त्यहाँ सुत्ते व्यक्तिको टाउको फोहोर छ ।

धेरै पसिना आएको छ भने तकिया पनि छिट्टै फोहोर हुन्छ । कोठामा धुलो धेरै छिर्ने अवस्था छ भने पनि तकिया चाँडो खराब हुने सम्भावना हुन्छ । शरीरमा पसिना आउने भएकाले जाडोको समयमा भन्दा गर्मीको समयमा तकिया टिछो फोहोर हुन्छ ।