डेंगी के हो ?
डेंगी भाइरसका कारण हुने संक्रमण हो । संक्रमित एडिज जातको लामखुट्टेले टोक्दा मानिसमा डेंगी सर्छ ।
किन हुन्छ डेंगी ?
घर वरिपरि सफा पानी जम्ने ठाउँमा एडिज लामखुट्टेले अण्डा पार्छ । वर्षायाममा पानी जम्ने ठाउँ बढ्दा लामखुट्टेको संख्या बढ्छ र डेंगीको जोखिम पनि बढ्छ ।
कहिले बढी जोखिम ?
वर्षायाम र त्यसपछिको समयमा डेंगीको जोखिम बढी हुन्छ । एडिज लामखुट्टे दिनको समयमा, विशेषगरी बिहान र साँझ बढी सक्रिय हुन्छ ।
लक्षण
अचानक उच्च ज्वरो, टाउको दुख्ने, शरीर तथा जोर्नी दुख्ने, आँखाको पछाडि दुख्ने र शरीरमा बिमिरा आउने डेंगीका सामान्य लक्षण हुन् ।
गम्भीर संकेत
पेट धेरै दुख्नु, लगातार बान्ता हुनु, नाक वा गिजाबाट रगत आउनु, दिसा वा बान्तामा रगत देखिनु, छिटोछिटो सास फेर्नु, अत्यधिक कमजोरी वा बेचैनी हुनु यसको गम्भीर संकेत हुन् । अर्को भनेको ज्वरो घट्यो भन्दैमा ढुक्क नहुनुहोस् । ज्वरो घट्ने समयमा पनि गम्भीर डेंगी हुन सक्छ ।