+

चियासँग चुरोट पिउने बानी घातक

चियासँग चुरोट पिउने बानी सामान्य लाग्छ ? तर यो स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

तातो चियाले के गर्छ ?

चिया सामान्यतः ६५–७० डिग्री सेल्सियस तातो पिइन्छ । यो तापक्रमले घाँटी र अन्ननलीको नरम म्यूकस झिल्लीलाई बारम्बार पोल्छ र साना–साना घाउ बनाउँछ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ओमप्रकाश यादवका अनुसार सामान्य अवस्थामा यो झिल्लीले हानिकारक कणबाट शरीर जोगाउँछ, तर तातो चियाले प्राकृतिक सुरक्षा भत्काइदिन्छ र घाउ निको हुन दिँदैन ।

Advertisement

चुरोटको विषाक्त रसायन

एउटा चुरोटमा ७० भन्दा बढी हानिकारक रसायन हुन्छन्, टार, निकोटिन, बेन्जिन, फर्माल्डिहाइड आदि । यी क्यान्सर निम्त्याउने क्यान्सरोजेन हुन् । जब तातो चियासँग चुरोट पिउँछन्, घाउ भएको ठाउँबाट यी विषाक्त पदार्थ सजिलै रगतमा मिसिन्छन् ।

तातोपनले कोषिकाहरूको डीएनए क्षति गर्छ। क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही भन्छन्, तातो चियाले ढोका खोलिदिन्छ, चुरोटको विष त्यहीबाट छिरेर शरीरभर फैलिन्छ ।

साइनरजेस्टिक इफेक्ट – दोब्बर खतरा

चिया र चुरोट छुट्टाछुट्टै पिउँदा त्यति घातक हुँदैनन्, तर सँगै पिउँदा ‘साइनरजेस्टिक इफेक्ट’ले जोखिम दोब्बर वा पाँच गुणा बढाउँछ । तातो चियाले बनाएको घाउमा चुरोटको धुवाँले हमला गर्छ, दैनिक यो प्रक्रिया दोहोरिँदा असामान्य कोषिका बढ्छन् र अन्ननलीको क्यान्सर बन्न सजिलो हुन्छ ।

वैज्ञानिक प्रमाण र अध्ययन

२०१८ मा चीनमा ४ लाख ५६ हजार व्यक्तिमाथि गरिएको ठूलो अध्ययन अनुसार दैनिक तातो चिया र चुरोट पिउनेमा अन्ननलीको क्यान्सर जोखिम २.०३ गुणा बढ्छ । रक्सी थपियो भने ५ गुणा पुग्छ । विश्व स्वास्थ्य संगठनले ६५ डिग्रीभन्दा तातो पेयलाई सम्भावित क्यान्सरोजेनिक मानेको छ। नेपालमा पनि घाँटी–अन्ननलीको क्यान्सर बढ्दै छ, जसमा तातो चिया र चुरोट मुख्य कारक छन् ।

विस्तृतमा पढ्न दिइएको लिंकमा थिच्नुहोस् । http://www.onlinekhabar.com/2026/04/1905339