+

क्रिकेटर विराट कोहलीका १० रोचक कुरा

१. बाल्यकाल र क्रिकेटको सुरुआत

उनले ३ वर्षमै प्लास्टिकको ब्याट समातेर गल्लीमा क्रिकेट खेल्न सुरु गरे। अलिकति बुझ्ने भइसकेपछि टिभीमा क्रिकेट हेर्दै त्यहा खेलाडीले हानेका शटहरू याद गर्थे । अनि घर नजिकैको चौरमा गएर मस्तिष्कमा कैद गरेको ती शटहरू खेल्न अभ्यास गर्थे । उनले नयाँ-नयाँ शट खेलेको देख्दा सँगै खेल्ने साथीहरू दंग पर्थे ।

२ बुबाको आदर्शको प्रभाव

उनको बुबा प्रेम कोहलीले भनेका थिए, 'मेहेनत र क्षमताबिना सफलता सम्भव छैन । सफलता पाउन त्यसको काबिल बन ।' विराटले यही शिक्षा पालन गर्दै करियर बनाएका हुन् ।

Advertisement

३. कठिन परिस्थितिमा साहस

१७ वर्षमै बुबा निधन हुँदा पनि विराटले रणजी ट्रफीमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरे, १०५/५ विकेटको कठिन परिस्थितिमा लामो साझेदारी गर्दै ९० रन बनाएर टिमलाई हारबाट जोगाए ।

४. 'ब्याड ब्वाई' छवि र डिप्रेशन

सन् २००८–२०१४ सम्म आक्रामक व्यवहारले आलोचना पाए । २०१४ इंग्ल्यान्ड भ्रमणमा खराब प्रदर्शनपछि डिप्रेसनमा गए, तर सचिन तेन्दुलकरको फोनले ठूलो हौसला पाए । त्यो एक कलले उनलाई प्रगति गर्न आत्मबल दियो ।

५. टर्निङ प्वाइन्ट

२०१४ अष्ट्रेलिया भ्रमणपछि उनले आक्रमणक व्यवहारमा काबु पाए मात्र सबै कुरामा सन्तुलन ल्याउन सक्ने बुझे । उनले त 'कन्ट्रोल्ड एग्रेसन' नै अपनाए । पार्टी र भौतिक मोह छोडेर फिटनेस, मानसिक बल र नेतृत्वमा ध्यान दिए ।

६. टेस्ट कप्तानी र कीर्तिमान

६८ टेस्टमा कप्तानी गर्दा ४० जित हासिल मात्र गरेनन् उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तान बने । उनी पहिलो भारतीय कप्तान बने, जसले अष्ट्रेलियामा लगातार तीन शतक ठोक्यो ।

७. फिटनेस र भेजिटेरियन जीवनशैली

मासु नभई खाना नखाने विराटले स्वास्थ्यका लागि छाड्न पर्ने सुने पछि स्वास्थ्य र शरीरको ध्यान राख्दै मासु परित्याग गरे। योग, ध्यान र अनुशासन उनको जीवनको हिस्सा बने ।

८. आईपीएल र आरसीबी प्रेम

२००८ देखि रोयल च्यालेन्जर्स बैंग्लोरमा पछि सम्म पनि उनले साथ छोडेनन् । १७औँ सिजनपछि १८औँ सिजनमा आईपीएल उपाधि जित्दै टोलीसँग वफादारी समेत देखाए ।

९. ट्याटुको मोह

उनको शरीरमा जम्माजम्मी १२ वटा ट्याटु छन्, जसले उनमा ट्याटुको सौख धेरै रहेको बुझ्न सकिन्छ । परिवार, भगवान शिव, समुराई, क्याप नम्बर, ज्यामितीय कला मिसिएको आकर्षक ट्याटु उनको शरीरमा देख्न सकिन्छ । हरेक ट्याटुले व्यक्तिगत विश्वास, प्रेरणा र क्रिकेट करियरको सम्झना जनाउँछ ।

१०. फेसनका बादशाह

विराट कोहली भारतका स्टाइलिश खेलाडी हुन्, जसको इन्स्टाग्राममा फ्यान फलोइङमात्र २८० मिलियन छ । फिट टी–शर्ट, स्लिम–फिट जिन्स, सेतो स्निकर्स र ट्रिम्ड हेयरकट उनका पहिचान बनेको छ । ‘पुमा’ र ‘रोगन’ सँगको सहकार्यले उनलाई फेसन आइकन बनाएको छ ।