बलियो पाचनप्रणाली
पेट सम्बन्धी समस्या छैन । खानेकुरा सहज पच्ने र दिसा नियमित हुन्छ भने कलेजो स्वस्थ रहेको अर्को संकेत हो ।
Advertisement
तौल नियन्त्रण
कलेजो ठिक छ भने व्यक्तिको तौल उचाई अनुसार अनुकुल नै हुन्छ । कलेजोले राम्रोसँग काम गर्ने शरीरमा अनावश्यक बोसो बढ्न पाउँदैन ।
सामान्य भोक
भोक लाग्ने अवस्था सामान्य छ । चाहिनेभन्दा बढी खाने चाहाना हुँदैन भने कलेजो स्वस्थ भएको संकेत हो ।
चोटपटक लागेको छिटो निको हुनु
स्वस्थ कलेजो भएमा रगत बढी जान नदिने प्रोटिनको उत्पादन गर्छ । जसले चोटपटक लागेको छिटो निको पार्छ ।
मानसिक स्वास्थ्य राम्रो हुनु
ध्यान केन्द्रित गर्न समस्या छैन । मानसिक रुपमा बोझिलो अनुभव हुँदैन भने कलेजो ठिक रहेको संकेत हो ।