+

४ खानेकुरा, जसले कोलेस्टेरोल नियन्त्रण गर्छ

कोलेस्टेरोल दुई प्रकारका

कोलेस्टेरोल दुई प्रकारका हुन्छन्- एलडीएल र एचडीएल । एलडीएलको पूरा रुप लो डेन्सिटी लिपोप्रोटिन हो । यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ ।

रगतमा एलडीएल बढ्यो भने

हाम्रो रगतमा एलडीएल बढ्यो भने रक्तनलीमा जम्मा हुन थाल्छ । यो अवस्थालाई प्लेक (ढिक्का) भनिन्छ । रक्तनलीमा प्लाक जम्यो भने रक्तनली साँघुरिन गई रगत प्रवाह हुन गाह्रो हुन्छ ।

Advertisement

एलडीएल कोलेस्टेरोल बढ्नु हानिकारक

एलडीएल कोलेस्टेरोलको स्तर १०० मिलिग्राम प्रतिडेसिलिटर भन्दा कम हुनुपर्छ । यो भन्दा बढ्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

आहार सबैभन्दा बढी जिम्मेवार

खराब कोलेस्टेरोल धेरै कारणले बढ्छ, जसमा दैनिक दिनचर्याको अनियमितता, अत्यधिक मदिरा सेवन, मोटोपन, अन्य स्वास्थ्य समस्या पर्छन् । तर यी सबै कारणमध्ये खराब कोलेस्टेरोल बढ्नुमा आहार सबैभन्दा बढी जिम्मेवार छ ।

खराब कोलेस्टेरोललाई घटाउन

खराब कोलेस्टेरोललाई घटाउन प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा खानुपर्छ । आहारमा नियमित फाइबरको प्रयोग गरियो भने एलडीएल कोलेस्टेरोलको स्तर कम गर्न सकिन्छ ।

पूर्ण अन्न

जौ, ओट्स, ब्राउन राइस जस्ता पूर्ण अन्नमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पाचन प्रणालीलाई सुधार गर्छ र कोलेस्टेरोलको स्तर घटाउँछ ।

लसुन

लसुनमा शक्तिशाली प्लान्ट कम्पाउन्ड (वनस्पति तत्व) हुन्छ । लसुनलाई दैनिक आहारमा समावेश गरिएमा कोलेस्टेरोलको स्तर नियन्त्रणमा रहन्छ ।

स्याउ, अङ्गुर, सुन्तला

स्याउ, अङ्गुर र सुन्तलामा पर्याप्त मात्रामा घुलनशील फाइबर पाइन्छ । यही कारणले गर्दा यसको लगातार सेवनले शरीरमा खराब कोलेस्टेरोलको निर्माण कम हुन्छ र राम्रो कोलेस्टेरोलको मात्रा बढ्न थाल्छ ।

ग्रिन टी

अमेरिकन डाइटेटिक एसोसियनको जर्नलमा प्रकाशित अनुसन्धान अनुसार ग्रिन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ ।