+

५ खानेकुरा, जसले कोलेस्ट्रोल घटाउँछ

ओट्स

घुलनशील फाइबरले भरपूर, जसले एलडीएल (खराब) कोलेस्ट्रोललाई कम गर्छ । बिहानको खाजामा ओटमील खानु फाइदाजनक हुन्छ।

बदाम र ओखर

बदाम र ओखरमा स्वस्थ चिल्लो र फाइबर हुन्छ, जसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। दैनिक १० देखि १२ वटा खान सकिन्छ ।

Advertisement

हरियो सागसब्जी

हरियो सागसब्जीमा फाइबर र एन्टिअक्सिडेन्ट हुन्छ, जसले कोलेस्ट्रोल अवशोषण घटाउँछ। नियमित सलादमा समावेश गर्नु उचित हुन्छ ।

एभोकाडो

एभोकाडोमा स्वस्थ मोनोअनसेचुरेटेड फ्याट हुन्छ, जसले एचडीएल (राम्रो कोलेस्ट्रोल) बढाउँछ। सलाद वा स्मूदीमा प्रयोग गर्न सकिन्छ ।

स्याउ

स्याउमा हुने पेक्टिन नामक फाइबरले कोलेस्ट्रोल कम गर्छ । दैनिक एउटा स्याउ खानु लाभदायक हुन्छ।