१. सीइसीओटी, इआई स्ल्यालभेडर)
यो हाल विश्वको सबैभन्दा खतरनाक र कुख्यात जेल मानिन्छ। ४० हजारभन्दा बढी कैदी राख्ने क्षमता भएको यो जेलमा २४ घण्टै पूर्ण अन्धकारमा राखिन्छ, कहिल्यै बत्ती बालिँदैन । ८०–१२० जना कैदीलाई एउटै ठूलो कोठामा बिना म्याट्रेस, बिना ओढ्ने–ओछ्याउने, फलाकिलो भुइँमा सुताइन्छ ।
दिनमा ३० मिनेट मात्र व्यायाम त्यो पनि हात बाँधेर, झुकेर दौडाउने अनुमति छ, बाँकी २३.५ घण्टा कोठामै बन्दगरिन्छ । परिवार, वकिल वा कुनै पनि बाहिरी व्यक्तिसँग भेटघाट पूर्ण प्रतिबन्ध छ । प्रवेश गर्दा सबैलाई निर्वस्त्र बनाएर कुटपिट गरिन्छ, टाउकोको कपाल खौरिन्छ, ट्याटु भए लेजरले जलाएर हटाइन्छ ।
२. ब्ल्याक डल्फिन जेल, रसिया
यहाँ ७०० जना जीवनभर सजाय भोग्ने कैदी छन्, जसमध्ये धेरै सीरियल किलर राखिन्छन । आँखामा पट्टी बाँधेर हिँडाइन्छ । शारीरिक कुटपिट कमै भए पनि मानसिक यातना अत्यधिक छ । कहिल्यै बाहिर निस्कन नपाउने गरी जीवनभर सानो कोठामा एक्लै बस्न पर्ने सजायले धेरै कैदी पागल भइसकेका छन् ।
३. एडीएक्स फ्लोरेन्स, अमेरिका
यो अमेरिकाको सबैभन्दा कठोर जेल हो । यहाँ विश्वकै सबैभन्दा खतरनाक अपराधीहरू मेक्सिकोको ड्रग लर्ड एल चापो , बम पठाउने सीरियल किलर टेड काजिन्स्की जस्ता मात्र राखिन्छन्, जो भाग्ने वा अरूलाई मार्ने सम्भावनाशत प्रतिशत हुन्छ । कैदीलाई २४ घण्टामध्ये २३ घण्टा एक्लै कङ्क्रिटको सानो कोठामा बन्द हुन्छ । दिनमा १ घण्टा मात्र व्यायाम, त्यो पनि हातमा बेडी, खुट्टामा चेन लगाएर एउटा सानो खोरमा एक्लै राखिन्छ ।
४. क्युड्याड बारियस जेल, इआई स्ल्यालभेडर
एल साल्भाडोरको सबैभन्दा कुख्यात जेलहरू मध्ये एक हो। यो जेल पूरै १३ ग्याङका सदस्यहरूका लागि मात्र बनाइएको छ। अर्थात् यो जेलमा अरू कुनै ग्याङ वा साधारण कैदी राखिँदैन । यो जेल ग्याङले नै चलाउँछन्, सुरक्षाकर्मीहरू बाहिरबाट मात्र निगरानी गर्छन्, भित्र पस्दैनन्।
कैदीहरू आफैं नियम बनाउँछन्, आफैं कर (ट्याक्स) उठाउँछन्, ड्रग्स बेच्छन्, हतियार राख्छन्, यहाँसम्म कि जेलभित्रै बार, डिस्को, पसल र वेश्यालय पनि चलाउँछन्।
५. बांग क्वांग सेन्ट्रल जेल, थाईल्याण्ड
यो जेललाई अझै पनि ब्याङ्कक हिल्टन भनेर चिनिन्छ । यहाँ मृत्युदण्ड पाएका कैदी धेरै छन्, उनीहरुको खुट्टामा फलामको चेन पहिले १०० दिन अनिवार्य थियो, अहिले कम भएको छ । खाना अत्यन्त कम र नराम्रो हुन्छ हुन्छ।