
आयुर्वेदमा यस्ता पाँच नियम छन् जसले जीवन स्वस्थ तरिकाले बिताउन सिकाउँछ । शरीरलाई रोगबाट टाढा राख्छ ।

बिहान छिटो उठ्ने
आयुर्वेदमा ब्रम्ह मुहुर्तमा उठ्न सल्लाह दिइएको छ । जो सूर्यादयभन्दा ४५ मिनेट अघिको समयलाई मानिन्छ । यो समय ओछ्यानबाट उठेमा शरीरमा नयाँ ताजा उर्जा संचार हुन्छ ।
ताजा पाकेको खानेकुरा खाने
ब्रेड, बिस्कुट जस्ता प्याकेट बन्द होइन, ताजा खानेकुराले मेटाबोलिजमलाई सन्तुलनमा राख्छ । ताजा खानेकुराले खराब वायुलाई पनि बाहिर निकाल्छ । जबकी, प्रशोधित खानेकुरा र जंक फुड बढी खाँदा छिटो बुढेसकालको लक्षण देखा पर्छ ।

पाकेको र काँचो खानेकुरालाई एकसाथ नमिलाउने
आयुर्वेदका अनुसार काँचो र पाकेको खानेकुरा एकैपटक मिसाउँदा पाचनक्रियाको सन्तुलन बिग्रिन्छ । पाचनतन्त्रलाई पाकेको खानेकुरा टुक्राउन सहज हुन्छ । किनकि, पाचनरस सक्रिय रहन्छ । यसकारण सलाद, फल र पाकेको खानेकुराबीच अन्तर राख्नुपर्छ ।

खाली पेटमा चिया र कफी नपिउने
खाली पेटमा कफी पिउँदा शरीरलाई हानि हुन्छ । यदि पाचनतन्त्र अति अम्लीय छ भने कफी हाल्नु भनेको सिधै पेटमा एसिड हालेको जत्तिकै हुन्छ । खाजासँग पनि भुलेर पनि कफी खानु हुँदैन ।