
विशाल क्षेत्रफल
डिज्नी वोर्ल्ड ७५ हजार पाँच सय रोपनी जमिनमा फैलिएको छ, जसमा चार मुख्य थीमपार्क (म्याजिक किंगडम, एप्कट, हलिउड स्टुडियोज, र एनिमल किंगडम), दुई वाटर पार्क र ३१ रिसोर्टहरू छन्। यो क्षेत्र सान फ्रान्सिस्को शहरभन्दा लगभग दोब्बर ठूलो छ।

गुप्त सुरुङ
डिज्नी पपार्कभित्र 'युटिलिडर' नामक गुप्त सुरुङ प्रणाली छ, जसले कर्मचारी र पात्रहरूलाई पार्कभित्र लुकेर आवतजावत गर्न अनुमति दिन्छ। यो वाल्ट डिज्नीको विचार थियो, ताकि जादुमय अनुभवमा बाधा नपुगोस्।
Advertisement

सिन्ड्रेलाको महलको रहस्य
म्याजिक किंगडमको सिन्ड्रेला क्यासल १ सय ८३ फिट अग्लो छ, जुन फाइबर ग्लासबाट बनेको छ, तर यो भूकम्प र आँधीबेहरी सहन डिजाइन गरिएको छ।

हरेक दिन नयाँ अनुभव
डिज्नी वर्ल्डमा हरेक दिन एक हजारभन्दा बढी 'कास्ट मेम्बर' (कर्मचारी) ले एकसय भन्दा बढी राइड र आकर्षल खेलहरु सञ्चालन गर्छन् । पार्कले हरेक वर्ष नयाँ शो, परेड, र थीम थप्छ ।