
विश्लेषणात्मक सोच
जानकारीलाई तार्किक रूपमा विश्लेषण गरौं । के यो तर्कसङ्गत छ ? के यो सामान्य ज्ञानसँग मेल खान्छ ?

पक्षपाती कुरा
कुनै कुरा कसरी फैलिएको हो ? कसले फैलाएको हो ? उक्त व्यक्तिको उद्देश्य र प्रवृत्ति थाहा पाउनुहोस् । कतिपयले व्यक्तिगत लाभ, प्रचारका लागि झुटो कुरा फैलाउँछन् ।
Advertisement

धेरै स्रोतको तुलना गरौं
कसैको एकतर्फी कुरा पत्याउनुअघि त्यसको स्रोत जाँच गरौं। अरूले त्यही विषयमा के भनिरहेका छन् ? व्यक्तिगत भन्दा पनि तटस्थ र स्वतन्त्र स्रोतमा भर परौं ।

आफ्नो भावनालाई नियन्त्रण गरौं
भ्रमले प्रायः डर, क्रोध वा उत्साहजस्ता भावनाहरूलाई उत्तेजित गर्छ। यस्ता भावनाहरूले तपाईंको तार्किक सोचलाई प्रभावित गर्न सक्छ । शान्त भएर र तथ्यमा आधारित भएर जानकारीको मूल्यांकन गरौं।