+

योनी दुखिरहने ६ कारण

बार्थोलिनको सिस्ट

योनीमा बार्थोलिन ग्रन्थीहरु हुन्छन् । जसमा कुनै कारणले अवरोध भएर तरल पदार्थ जम्मा भई डल्लोको रूप लिन्छ । त्यसकारण बढी घर्षण हुँदा दुख्छ

यौन प्रसारित रोग

यौन प्रसारित रोग फंगल इन्फेक्सन, पिसाबजन्य संक्रमण, क्लायमेडिया, गोनोरिया, भिरिङ्गी जस्ता रोगले महिलाको यौनांगको भागमा असर ले दुख्नेको अनुभव हुनसक्छ।

Advertisement

महिनावारी

कतिपय महिलालाई महिनावारी हुँदा पेटका साथै योनीमा पनि मध्यमदेखि तीव्र दुखाइ हुनसक्छ ।

फाइब्रोइड

पाठेघरमा फाइब्रोइड हुँदा पनि लक्षणको रुपमा योनीमा दुखाइ हुनसक्छ । फाइब्रोइडको आकार ठूलो छ भने योनीमा दुखाइ र घोचेको अनुभव हुनसक्छ ।

नर्मल डेलिभरी

नर्मल डेलिभरीबाट प्रसूति गराउँदा योनीमा दबाब पर्ने हुँदा दुख्न सक्छ । त्यसमा रहेको नरम तन्तु च्यातिएमा टाँका राख्नुपर्ने हुन्छ । यो अवस्थामा पनि अत्यधिक दुखाइ हुन्छ ।

योनी सुक्खा हुनु

यो अवस्थामा योनी तन्किएको जस्तो अनुभव हुनसक्छ । जसकारण योनीमा असह्य दुखाइ अनुभव हुन्छ । यो अवस्थामा यौन सम्पर्क गरेमा घर्षण हुँदा योनीमा पोल्ने र दुख्ने हुनसक्छ ।