+

महिलाले गर्ने पर्ने ६ परीक्षण

म्यामोग्राफी परीक्षण

स्तन क्यान्सरको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । सो क्यान्सर सम्बन्धि जोखिमबाट बच्न महिलाहरुले म्यामोग्राफी परीक्षण गर्न सक्छन् । विशेषगरी ५० वर्षमुनिका महिलाले वर्षमा एक पटक म्यामोग्राम परीक्षण गराउनुपर्छ ।

प्याप स्मियर टेस्ट

३० वर्षपछि महिलामा पाठेघर र पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ । यस्तो अवस्थामा महिलालाई प्याप स्मेयर परीक्षण गराउन सल्लाह दिइन्छ ।

Advertisement

थाइराइड

थाइराइड महिलामा तीव्र रूपमा फैलिने रोग हो । सबैभन्दा बढी गर्भावस्था, हर्मोनल असन्तुलन र रजोनिवृत्तिको समयमा थाइराइडको जोखिम हुन्छ । मोटोपन बढेमा पनि एकपटक थाइराइड परीक्षण गराउन पर्छ ।

आइरन परीक्षण

पुरुषको तुलनामा महिलामा आइरनको मात्रा कम हुन्छ र काम गर्दा चाँडै थकान महसुस हुन्छ । त्यसैले महिलाले पनि समय समयमा आइरन परीक्षण गराउनुपर्छ ।

अण्डाशय परीक्षण

पीसीओएस भएमा अण्डाशयलाई असर गर्छ । जसले बाँझोपनको समस्या हुनसक्छ। गर्भवती हुन अण्डाशयको आवश्यकता पर्छ। कुनै कारणवश अण्डाशयमा अण्डाको कमी हुँदा बाँझोपनको समस्या हुनसक्छ।

उच्च रक्तचाप

३० वर्षको उमेरपछि रक्तचापमा असमानता देख्ने महिलाले वर्षमा एक पटक मुटु परीक्षण गराउनुपर्छ । यदि रक्तचाप १४०/९० भन्दा बढी छ भने डाक्टरसँग परामर्श गर्नु बुद्धिमानी हुन्छ ।