
बालबालिकामा नेतृत्व गुण विकास गर्नु भनेको उनीहरूको आत्मविश्वास बढाउनु र व्यक्तिगत, व्यावसायिक स्तरको विकासलाई प्रोत्साहन दिनु हो । यदि बच्चामा नेतृत्वको गुण छ भने उसले आफ्नो रुचिको क्षेत्रमा उत्कृष्ट काम गर्न सक्छन् ।

बच्चाहरूमा शारीरिक, भावनात्मक, बौद्धिक र मानसिक विकास हुने क्रममा नै नेतृत्व गुणको विकास भयो भने उनीहरूले आफ्नो क्षेत्रमा सफलता हात पार्न सक्छन् ।

सञ्चार सीप
बालबालिकालाई खुलेर, स्पष्ट र आत्मविश्वासका साथ बोल्न सिकाउनुहोस्। राम्रो सञ्चार सीपले भविष्यमा उनीहरूलाई जीवनका विभिन्न क्षेत्रमा सफल बनाउँछ। यदि बालबालिका हुर्किएर मिडिया, राजनीति, मार्केटिङ जस्ता क्षेत्रमा करिअर बनाउन चाहन्छन् भने ‘कम्युनिकेसन स्किल’ उनीहरूको लागि निकै उपयोगी हुन्छ ।

हार स्वीकार्न सिकाउने
कठिनाइ र गल्तीहरूप्रति सकारात्मक दृष्टिकोण अपनाउने आमाबाबुका बच्चाले नयाँ कुरा सिक्ने क्षमता राख्छन् । जित र हार जीवनका दुई पाटो हुन्। हारे पनि निराश नहुन र फेरि प्रयास गर्न प्रोत्साहित गर्नुपर्छ।

सामाजिक कार्यक्रममा सहभागिता
बालबालिकाले सक्रिय रूपमा सामाजिक काममा भाग लिएपछि मात्र बालबालिकामा नेतृत्वको गुण विकास हुन सक्छ । यस्ता गुण विकास गर्न छोराछोरीहरूलाई सामाजिक कार्यक्रमहरूमा भाग लिन प्रेरित गर्नुपर्छ ।

खेलकुदमा सहभागी गराउने
खेलकुद शारीरिक क्रियाकलापका लागि मात्रै होइन, मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । खेलमा संलग्न बालबालिकाले आफ्नो समस्या आफैं समाधान गर्न सक्छन् । यस्ता बालबालिका प्रायः समस्या समाधानमा केन्द्रित हुन्छन् ।

आत्मविश्वास बढाउने
बच्चालाई अतिरिक्त क्रियाकलाप, विद्यालय समारोह र सामाजिक कार्यक्रम आदिमा भाग लिन प्रेरित गर्नुपर्छ । यस्ता गतिविधिले आत्मविश्वास बढाउँछ । आत्मविश्वास भएका बच्चा अक्सर नयाँ काम गर्न हिच्किचाउँदैनन् ।