
१. सुशी
काँचो वा पकाएको माछा, चामल र समुद्री झारसँग बनाइने यो जापानी व्यञ्जन विश्वभर लोकप्रिय छ। निगिरी, माकी र साशिमी यसका मुख्य प्रकार हुन् ।

२. तोम यम सुप
तोम यम सुप थाईल्याण्डको मसलेदार र खट्टा सुप हो। यसमा झिंगा, कुखुरा, लेमनग्रास, लाइम पात, गलाङ्गल, मिरा र फिस सस प्रयोग गरिन्छ। यसको स्वाद तिखो, ताजा र सुगन्धित हुन्छ। यो सुप शरीर तताउने, पाचन सुधार्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने गुणका कारण विश्वभर लोकप्रिय छ।

३. पिज्जा
पिज्जा इटालीको विश्वप्रसिद्ध परिकार हो, जसमा पातलो रोटीमाथि टमाटर सस, मोजारेला चीज, सब्जी, मासु वा समुद्री खाना राखेर बेक गरिन्छ । नेपोलिटन र मार्गेरिटा पिज्जा सबैभन्दा लोकप्रिय प्रकार हुन् । आज पिज्जा विश्वका हरेक देशमा फरक शैली र स्वादमा उपलब्ध छ।

४. ताको
विशेषगरी स्वादको विविधताले मेक्सिकन स्ट्रीट फूड ताको विश्वभर लोकप्रिय छ । मकै वा गहुँको टर्टिलामा मासु, सागसब्जी, साल्सा र चीज भरेर बनाइन्छ ।

५. पास्ता
पास्ता इटालीबाट सुरु भई अहिले विश्वभर प्रख्यात छ । जुन गहुँको पिठो (ड्युरम व्हीट) र पानी वा अण्डाबाट बनाइन्छ । स्पेगेटी, पेने, फुसिलीमा पाइने सस, मासु, तरकारी वा चिजसँग पकाइन्छ। यो स्वादिष्ट, सस्तो र छिटो तयार हुन्छ ।

६. म:म
म:म नेपाल र तिब्बतको पारम्परिक परिकार हो । पीठोको खोलभित्र किमा, प्याज, अदुवा, लसुन, मसला राखी बाफेर वा फ्राई गरेर बनाइन्छ । यो सूप वा टमाटरको अचारसँग खाइन्छ। स्वादिष्ट र सजिलो तयारीका कारण मोमो दक्षिण एसिया मात्र होइन, विश्वका विभिन्न देशमा पनि लोकप्रिय बनेको छ।

७. बर्गर
बर्गर अमेरिकाको लोकप्रिय फास्टफुड हो, जसमा रोटीबीच मासु, चीज, सलाद, टमाटर, प्याज र सस राखिन्छ। स्वादका लागि विभिन्न सस र मसला प्रयोग गरिन्छ। यो छिटो तयार, सजिलै खान सकिने र स्वादिष्ट भएकाले विश्वभर लोकप्रिय छ।