+

धर्तीमा राज गर्ने ८ प्राणी, जो अहिले लोप भए

डोडो चरा

मोरिसस टापुमा पाइने यो उड्न नसक्ने चरा १७औँ शताब्दीमा मानव शिकार र आवास नष्ट हुँदा लोप भयो। यसको ठूलो शरीर र निश्छल स्वभावका कारण त्यस समय निकै चर्चा थियो ।डोडोलाई अन्तिमपटक सन् १६६० को दशकमा देखिएको थियो ।

स्मिलोोडन

यो शिकारी बिरालो आइस एजमा उत्तर अमेरिका र युरोपमा बस्थ्यो । यसको तिखो र लामो दाँतले आक्रमण गर्ने शैली देखेर बाघ पनि डराउथ्यो । १० हजार वर्षअघि जलवायु परिवर्तन र शिकार अभावले विलुप्त भयो।

Advertisement

वुली म्यामथ

बाक्लो, चाम्रो छाला र बाक्लो रौंले ढाकेको यो हात्ती जस्तो प्राणी आइस एजको प्रतीक थियो । ४ हजार वर्षअघि अत्याधिक तापक्रम वृद्धि र मानव शिकारले लोप भयो, तर अहिले पनि डीएनएबाट पुनरुत्थानको प्रयास भइरहेको छ।

पासेन्जर पिजन

उत्तर अमेरिकाको यो चरोको हुलले आकाश ढाक्थ्यो । यसको शिकारका साथै वन विनाशका कारण १९१४को अन्त्य तिर लोप भयो ।

क्वागा

दक्षिण अफ्रिकाको यो अर्ध-घोडा जस्तो प्राणी १८८३ मा लोप भयो। शिकारबाट विलुप्त भएको यो प्रजातिको डीएनएबाट जेब्रामा पुनर्स्थापना प्रयास भइरहेको छ।

डायनोसर

अब मात्र संग्रहालयमा अवशेष देख्न पाइने यो जनावरले पृथ्वीमा सयौं वर्ष राज गरेको थियो । वैज्ञानिकले डायनोसर अन्त ट्रियासिक कालमा लोप भएको बताएका छन् । यसलाई खाना नै यति धेरै चाहिन्थ्यो कि त्यसकै कमीले पृथ्वीमा बाँच्न गाह्रो भएको थियो ।

थाइलासिन

टास्मानियाको यो ब्यागल प्राणी १९३६ मा लोप भयो । शिकार र प्रतिस्पर्धाबाट विलुप्त, यसको पट्टीदार शरीरले चित्रकला र सिनेमामा जीवित राखेको छ।

गोल्डन टोड

कोस्टारिकाको यो सुनौलो त्वचाको उभयचर १९८९ मा जलवायु परिवर्तन र रोगबाट लोप भयो । यसले मानवजन्य वातावरणीय क्षतिको प्रतीक बनेको छ।