+

इरानबारे ८ तथ्य

इरान संसारका सबैभन्दा पुराना निरन्तर सभ्यताहरूमध्ये एक हो, इरानी पठारमा ६००० ई.पू. देखि बस्तीहरू थिए।

पर्शेपोलिस अचेमेनिड साम्राज्यको राजधानी थियो । यो संसारका उत्कृष्ट पुरातात्विक स्थलहरू मध्ये एक मानिन्छ ।

Advertisement

इरान र इराकबीच १९८० देखि १९८८ सम्म युद्ध चलेको थियो, जसमा करिब १० लाख भन्दा बढी मारिएको अनुमान छ ।

उच्च तापक्रम भए पनि उत्तरी इरानको अल्बोर्ज पहाडमा उत्कृष्ट हिउँ भएका स्की रिसोर्टहरू छन् ।

महंगो मसला केसरको उत्पादन गर्ने संसारको सबैभन्दा ठूलो उत्पाद इरान हो । केसरलाई ‘रातो सुन’ भनिन्छ ।

इरान संसारका सबैभन्दा बढी शरणार्थी स्वीकार गर्ने देशहरू मध्ये एक हो ।

इरान विश्वको चौथो ठूलो तेल भण्डार र दोस्रो ठूलो ग्यास भण्डार हो ।