आर्टिफिसियल इन्टेलिजेन्स आम मानिसहरूको दैनिक जिवनमा प्रवेश गरिसकेको छ । हामीले एआईलाई इमेल लेख्नदेखि शोधपत्र तयार पार्न अनि पावर प्वाइन्ट बनाउनदेखि बच्चाको गृहकार्यमा सहयोग गर्नेसम्मका काममा प्रयोग गरिरहेका छौँ ।
तर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले केवल मानिसको कामलाई मात्र सहज बनाइरहेको छैन। यसले एउटा मानिसको आधारभूत आवश्यकता जस्तै बनाइसकेको छ। एआईले मानिसलाई सधैं जवान राख्नमा मद्दत गर्नसक्छ।
एआईको सहयोगमा मानिसहरूमा बुढ्यौली रोकेर सधै जवान राख्न सकिने वैज्ञानिक तथा यस क्षेत्रका विज्ञहरू दावी छ ।
वास्तवमा च्याट जिपिटी निर्माता कम्पनी ओपन एआईले सिलिकन भ्यालीस्थित एक स्टार्टअप कम्पनी रेट्रो बायोसाइन्ससँग मिलेर एउटा नयाँ उपलब्धी हासिल गरेको छ । उनीहरूले एक विशेष एआई मोडेल तयार पारेका छन्, जसको नाम GPT-4b माइक्रो हो ।
उक्त एआई प्रोटिन श्रृंखला जैविक दस्तावेज तथा थ्री डी अणु संरचनामा प्रशिक्षित छ । यसको अर्थ शरीरका कोषिकाहरुलाई झनै राम्रो बन्नका लागि सघाउनु हो ।
जीपीटी ४ बी माइक्रो कुनै मामुली च्याटबट होइन । यसलाई विशेष रुपमा प्रोटिनलाई पुनः डिजाइन गर्नका लागि बनाइएको हो जुन रिजेनेरेटिभ औषधिका लागि निकै आवश्यक हुन्छ ।
वैज्ञानिकहरूले उक्त एआईलाई यामानाका फ्याक्टर्स नामक प्रोटिनलाई झनै उत्कृष्ट बनाउने काम दिएका छन् । यामानाका फ्याक्टर्स यस्तो प्रोटिन हो जसलाई नोबेल पुरस्कार प्राप्त भैसकेको छ ।
यो प्रोटिनले प्रौढ कोषिकालाई पुनः स्टेम कोषिकामा परिवर्तन गर्न सक्छ । स्टेम सेल्स यस्ता कोषिकाहरू हुन् जो शरीर का कुनैपनि हिस्साको कोषिकामा विकशित हुन सक्छन् ।
सो नयाँ प्रोटिन पूरानोको तुलनामा धेरै प्रभावकारी छ । प्रयोगशालामा गरिएका परीक्षणमा ती एआई निर्मित प्रोटिनले चमत्कार नै गरेका छन्।