शिलाजित एसियाको चट्टानी पहाडहरूमा पाइने एक प्राकृतिक पदार्थ हो । यो सम्भावित स्वास्थ्य लाभहरूका लागि परिचित छ र शताब्दी औँ देखि आयुर्वेदिक चिकित्सामा प्रयोग हुँदै आएको छ ।
शिलाजितलाई एक शक्तिवर्द्धक र ऊर्जा बढाउने आयुर्वेदिक रसायन मानिन्छ, जसले शरीरलाई बल प्रदान गर्छ । शिलाजितको सेवनले कमजोरी हट्छ, थकान कम हुन्छ र यौन स्वास्थ्यमा पनि सुधार हुन्छ भन्ने विश्वास गरिन्छ ।
धेरै मानिसहरूले ऊर्जा बढाउन, मस्तिष्कको कार्यलाई सुधार गर्न र समग्र स्वास्थ्यलाई राम्रो बनाउन शिलाजितलाई पूरकको रूपमा लिन्छन् ।
शिलाजित सबैका लागि सुरक्षित छ त ?
शिलाजित एक प्राकृतिक पदार्थ हो, जसलाई आयुर्वेदमा रसायन मानिन्छ । यसले शरीरलाई बल प्रदान गर्छ र स्वास्थ्यलाई बढावा दिन्छ ।
शिलाजितको सेवन लगभग सबैका लागि फाइदाजनक हुन्छ, तर यो मौसम र शरीरको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । विशेष गरी गर्मी र वर्षा मौसममा शिलाजितको सेवन चिकित्सकको सल्लाहबिना गर्नुहुँदैन ।
यसले शरीरको सप्त धातुहरूलाई बढावा दिन्छ । आयुर्वेदमा शिलाजितलाई रसायन र बल्य भनिन्छ, जसको अर्थ यो शरीरलाई तागत, ऊर्जा र दीर्घायु प्रदान गर्छ ।
शिलाजितका फाइदा
शिलाजितको सेवनले शरीरलाई ऊर्जा र शक्ति प्रदान गर्छ । यो विशेष गरी शारीरिक कमजोरी र थकान हटाउनमा सहयोगी हुन्छ ।
रोग प्रतिरोधी क्षमता बढाउँछ
शिलाजितले रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउँछ । यसले शरीरलाई रोगहरूसँग लड्ने शक्ति दिन्छ ।
आयु बढाउँछ
आयुर्वेदमा शिलाजितलाई आयु वृद्धिको रूपमा चिनिन्छ । यसले शरीरका सबै सप्त धातुहरूलाई पोषण गरेर बुढ्यौली प्रक्रियालाई ढिलो गर्छ । शिलाजितको नियमित सेवनले शरीरका कोशिकाहरूको बुढ्यौली गति रोक्छ ।
रगतमा चिनीको स्तर नियन्त्रण गर्छ
शिलाजितको सेवनले रगतमा चिनीको स्तर नियन्त्रित रहन्छ, जुन मधुमेहका बिरामीका लागि निकै फाइदाजनक हुन्छ । यसले शरीरलाई न्यानो राख्छ र इन्सुलिनको स्तरलाई पनि नियन्त्रण गर्छ ।
शिलाजित कसरी र कहिले खानुपर्छ ?
शिलाजितको सेवन हरेक व्यक्तिले सन्तुलित मात्रामा गर्नुपर्छ । एक वयस्क व्यक्तिले दैनिक २ ग्राम शिलाजितको सेवन गर्नुपर्छ । बालबालिकाहरूलाई केवल आधा ग्राम दिनुपर्छ । गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मात्र शिलाजितको सेवन गर्नुपर्छ ।
शिलाजितलाई नियमित रुपमा खानु भन्दा २/३ महिना खाएर एक दुई महिनाको अन्तरातलमा फेरि खानु फाइदाजनक हुन्छ । शिलाजितको सेवन दूधमा मिसाएर पनि गर्न सकिन्छ ।
शिलाजितको सेवन मुख्य रूपमा जाडोको मौसममा गर्नुपर्छ । जाडोमा शरीरलाई ऊर्जा र बलको आवश्यकता हुन्छ, शिलाजितले यो आवश्यकता पूरा गर्छ ।