थुक्पाको बाफिलो झोल, बास्ना आइरहेको झोल मःम जस्ता बाफ उडिरहेको मुख पोल्ने गरी तात्तातो परिकारहरु जाडोको चिसो मौसममा अधिकांशलाई प्रिय लाग्छ ।
मुख र जिब्रो पोल्ने तथा लाटो हुने
मुख पोल्ने गरी तातो खानेकुरा खाँदा सबैभन्दा पहिला जिब्रो र मुखभित्रको नरम छाला (म्युकस मेम्ब्रेन) प्रभावित हुन्छ। ६० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमले जिब्रो पोल्ने, उप्किने वा लाटो हुने बनाउँछ ।
तालुको छाला उप्किन्छ र केही दिनसम्म दुखाइ तथा स्वाद हराउने समस्या रहन्छ । जिब्रोको स्वाद ग्रन्थीहरूमा क्षति पुग्छ ।
२. घाँटी र अन्ननलीमा घाउ
अत्यधिक तातो खानेकुरा निल्दा घाँटी र अन्ननली (इसोफेगस)को संवेदनशील भित्री सतहमा प्रत्यक्ष पोल्ने वा घाउ हुन्छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधाननिधि पौडेलका अनुसार तातोले म्युकस मेम्ब्रेनमा थर्मल इन्जुरी गराउँछ, जसले निल्न गाह्रो बनाउँछ । बारम्बार यस्तो हुँदा अन्ननलीको भित्री तहमा दीर्घकालीन क्षति पुग्छ।
विश्व स्वास्थ्य संगठनले ६५ डिग्रीभन्दा माथिको तातो पेयलाई सम्भावित कार्सिनोजन मानेको छ। यो भनेको घाउले कोषहरू छिटो विभाजन गराउँछ, जसमा गल्ती हुँदा क्यान्सरको आधार बन्न सक्छ ।
३. ग्यास्ट्रिक अल्सरको जोखिम बढ्ने
बारम्बार मुख पोल्ने गरी तातो खाने बानीले पेटमा ग्यास्ट्रिक अल्सरको जोखिम बढाउँछ। डा. पौडेलका अनुसार तातोले मुखदेखि अन्ननली हुँदै पेटको भित्री सतहमा पोल्ने र घाउ बनाउँछ। यो बारम्बार हुँदा म्युकस लेयर क्षति भई अल्सर बन्छ। यसले पेट दुख्ने, अम्लता र दीर्घकालीन अल्सर जस्ता समस्या निम्त्याउँछ, जसको उपचार लामो र जटिल हुन्छ।
४. अन्ननलीको क्यान्सरको जोखिम
६५ डिग्री सेल्सियसभन्दा माथिको तातो खाना वा पेयले अन्ननलीको क्यान्सर (इसोफेजियल स्क्वामस सेल कार्सिनोमा)को जोखिम २ देखि ५ गुणा बढाउँछ । तातोले थर्मल घाउ बनाउने र कोषहरू छिटो विभाजन गराउने देखाएका छन् । यो प्रक्रियामा गल्ती हुँदा क्यान्सर कोष बन्छन् ।
५. मुखको क्यान्सरको जोखिम
बारम्बार तातो खानेकुराले मुख र जिब्रोमा घाउ तथा पोल्ने गराउँदा ओरल क्यान्सरको जोखिम बढ्छ । डा. अरुण केसीका अनुसार निरन्तर थर्मल बर्नले कोषहरू छिटो विभाजन हुन्छन्, जसले दीर्घकालमा असामान्य परिवर्तन ल्याउँछ ।
धूम्रपान, सुर्ती वा मदिरासँग जोडिएमा झन् खतरा बढ्छ। एक–दुई पटक तातो खाँदैमा क्यान्सर हुँदैन, तर वर्षौंसम्मको बानीले मुखको म्युकस मेम्ब्रेनमा दीर्घकालीन क्षति पुग्छ। यसले बारम्बार घाउ बन्ने र कोषिक परिवर्तन हुने बनाउँछ, जसको अन्तिम परिणाम मुखको क्यान्सर हुन सक्छ।
दाँतमा क्षति तथा दुखाइ
धेरै तातो खानेकुराले दाँतमा एक्सपान्सन हुन्छ, जसले कणहरू फुल्छन् र ग्याप आउँछ। इन्डोडोन्टिस्ट प्रा. डा. ऋतु श्रेष्ठका अनुसार कीरा लागेको वा भाँचिएको दाँतमा यो प्रभावले नसासम्म पुगेर दुखाइ निम्त्याउँछ। बारम्बार यस्तो हुँदा दाँत कमजोर बन्छ र उपचार आवश्यक पर्छ । यससम्बन्धी विस्तृत आलेख हेर्नको लागि तल दिएको लिंकमा किल्क गर्न सकिन्छ ।https://www.onlinekhabar.com/2025/12/1833786