
कतिपयको औषधिलाई टुक्र्याएर खाने बानी हुन्छ ।औषधिको डोज घटाउन वा सजिलोसँग खान यो तरिका अपनाइन्छ। यसरी आफुखुसी औषधिलाई टुक्रा बनाएर खान कति सुरक्षित हुन्छ, हामीले सोच्ने गरेका छौँ त ?

यदि औषधि भाँचेर खान मिल्छ भनेर लेखिएको छ भने खान सकिन्छ । औषधिको बीच भागमा रेखा खिचिएको छ भने पनि खान मिल्छ ।

यस्तो कुनै पनि निर्देशन दिइएको छैन भने खान हुँदैन । यसको बाबजुद पनि दुविधा भइरहेको छ भने चिकित्सककै परामर्श लिएर मात्र औषधि टुक्र्याउनुपर्छ।

टुक्र्याएर खान नमिल्ने औषधि
जिब्रोमा सहजै घुलिने औषधि, क्याप्सुल, कोटेड गरिएको औषधि, केमोथेरापीका औषधि र गर्भनिरोधक औषधि टुक्र्याएर खान हुँदैन । केही औषधिको असर विस्तारै-विस्तारै हुन्छ । यसरी खाँदा औषधिको असर कम हुन्छ ।

कतिपय औषधिको बाह्य भाग कोटिङ गरिएको छ । त्यो औषधिलाई भाँच्दा भाँचिएको साइड हावाको सम्पर्कमा आएर बिग्रिन्छ ।

कहिले आधा भागभन्दा बढी र कहिले कम पनि हुनसक्छ। त्यस्तै, भाँचेर राखेको औषधिलाई भण्डारण गर्न पनि कठिन हुन्छ । कतिपय त हावाको सम्पर्कमा आउँदा गुणस्तरको कमी हुन्छ ।

एफडीएका अनुसार कुनै औषधिको आधा वा पूरा भागमा उत्तिनै मात्रामा औषधि हुन्छ । मात्राकै हिसाबमा काम गर्छ भन्ने कुनै मापदण्ड बनेको छैन । ।