वंशाणुगत कारण
कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्त्वले निर्धारण गर्छ । केही व्यक्तिको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यस्तो समस्या आमा–बुवा वा हजुरबा–हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने उनीहरूको सन्तानमा पनि हुनसक्छ ।
धुम्रपान
कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध हुन्छ । चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।
तनाव
तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्याउँछ । तनावका कारण मेलानोसाइडलाई नष्ट गर्ने खालको रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावका कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् ।
पोषक तत्त्वको कमीरण
शरीरमा कतिपय पोषक तत्त्व अभाव भएमा कपाल फुल्छ । जस्तो भिटामिन बी–६, बी–१२, बायोटिन, भिटामिन डी वा भिटामिन ई, खनिज र प्रोटिनको कमीले कपालमा प्रभाव पार्न सक्छ र कपाल फुल्न सक्छ ।
रसायनको प्रयोग
अहिले विभिन्न किसिमको रसायन लगाउने प्रवृत्ति पनि व्यापक छ । त्यसको साइड-इफेक्टले कपाल फुल्न सक्छ ।