+

चाणक्यका ७ नीति : जुन जानेपछि जीवन सुध्रिन्छ

वर्तमानलाई श्रेष्ठ बनाउनुहोस्

आचार्य चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै तुक छैन । यदि बितेका दिनमा कुनै गल्ती भए त्यसबाट पाठ सिकेर वर्तमानलाई श्रेष्ठ बनाउने प्रयास गर्नुपर्छ ।

धनमा लोभ नगरौं

जुन धन असाध्यै कठिनतासथ प्राप्त हुन्छ, जसका लागि आफ्नो धर्म त्याग्नुपर्छ, जुन धन पाउनका लागि सत्रुको चाकडी गर्नुपर्छ, त्यस्तो धनमा मोह गर्नुहुँदैन ।

Advertisement

कुनै काम आरम्भ गर्नु अघि

यदि कुनै काम आरम्भ गर्ने हो भने तीन वटा कुरामा विशेष ध्यान दिनुपर्छ । पहिलो कुरा, तिमी के गर्न चाहन्छौं ? दोस्रो, त्यस कामको नतिजा के हुनसक्छ ? तेस्रो, के यसबाट तपाईंलाई सफलता मिल्छ ?

सजग हुनु

कुनैपनि व्यक्तिलाई नोक्सान हुने काम गर्नु हुँदैन । यद्यपि, कसैले आफुलाई कमजोर सम्झेर आफुमाथि हावी हुने कोसिस गरेमा उसलाई महसुस गराउनुपर्छ कि, म कमजोर छैन । म आफुप्रति सजग छु भन्ने कुरा दर्शाउनुपर्छ ।

असल गुण

कुनै वस्तुको सुगन्ध फैलाउनका लागि चिसो बयरको जरुरत हुन्छ, त्यसैगरी व्यक्तिको गुण वा योग्यतालाई पनि मुखले भनिरहनु आवश्यक्ता छैन । यो स्वतः प्रसारित हुन्छ सुगन्ध जस्तै । जसरी सुगन्धलाई दबाएर राख्न सकिदैन त्यसैगरी राम्रो गुण पनि दबाएर राख्न सकिदैन ।

खराब मित्र

जो मित्र आफ्नो अगाडि मिठो कुरा गर्छ तर आफ्नो पछाडि भने कुरा काट्न थाल्छ, त्यस्तो मित्र त्याग्नुपर्छ ।

कमजोर चरित्रका साथी

आत्माले कमजोर र चरित्रले दुर्बल व्यक्तिसँग कहिल्यै मित्रता गाँस्नु हुँदैन । किनभने उनले तपाईंमाथि त्यसबेला आक्रमण गर्न सक्छ, जतिबेला तपाईं कमजोर हुनुहुन्छ ।