भ्रम : चिनी धेरै खाएर मधुमेह हुन्छ ।
गुलियो खानेकुराले मधुमेह हुने होइन । बरु चिनी खाएर शरीरमा बोसोको मात्रा अनावश्यक बढ्छ । अनावश्यक रुपमा बोसो बढेर वजन बढ्दै गएमा त्यो व्यक्ति मधुमेहको जोखिमा पर्न सक्छ ।
भ्रम : मधुमेह भएपछि भात र आलु खानुहुँदैन ।
चिनीयुक्त खानेकुरा र कार्बोहाइड्रेटले मधुमेह बढाउने होइन कि कति खाने भन्ने हेक्का हुनु जरुरी हुन्छ । एकैपटक टन्न पेटभर क्यालोरीयुक्त खानेकुरा खाँदा शरीरले इन्सुलिनले सबै अंगमा पुर्याउन नसकी खेर गई सुगरको मात्रा बढी हुन्छ।
भ्रम : सुगर फ्री खानेकुरा जति पनि खान सकिन्छ ।
सुगर फ्री खानेकुरामा पनि कार्बोहाइड्रेट हुने हुँदा अत्याधिक खाँदा सुगर बढाउँछ । त्यसैले सुगर फ्री खानेकुरा स्वस्थकर हो भनेर ढुक्कले खान सकिंदैन ।
भ्रम : मधुमेह भएपछि चोटपटक निको हुन गाह्रो हुन्छ ।
मधुमेह भएपछि चोटपटक लागेमा निको हुन्छ। तर मधुमेह अत्याधिक उच्च छ भने घाउहरु निको नहुने हुनसक्छ ।
भ्रम : मधुमेह भएपछि सन्तान जन्मिन सक्दैन ।
मधुमेह भएकी महिलाले आफ्नो सुगरको स्तर नियन्त्रण गरेर गर्भधारण गर्न र स्वस्थ बच्चा जन्माउन सक्छिन् ।
भ्रम : आयुर्वेदिक औषधिले मधुमेह निको पार्छ ।
कतिपय आयुर्वेदिक भनिएका औषधिमा ठूलो जनसंख्यामा प्रयोग भएपनि अध्ययन अनुसन्धान भएका छैनन् । कति खाने र खाएपछिको नतिजा दिने प्रमाण पनि छैन भने नखानु उचित हुन्छ ।